जर्सीसिटी र इन्द्रबतीबीच भगिनी सम्बन्ध, एक्सचेन्ज प्लेसमा नेपालको झण्डा फहराइदै


प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार

अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने ८ बुंदे समझदारीपत्रमा जर्सी सिटी मेयर स्टेभन फुलप र ईन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले हस्ताक्षर गरेका छन् । बिहिबार जर्सी सिटी काउन्सिल हलमा आयोजित विशेष कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएपछि जर्सी सिटी र ईन्द्रावती गाउँपालिकाबीच औपचारिक सम्बन्ध कायम भएको हो ।

औपचारिक रूपमा भगिनी सम्बन्ध बनाउनका लागि जर्सी सिटी काउन्सिलद्वारा गत डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको थियो। जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार डाक्टर विष्णुमाया परियारको पहल र नेतृत्वमा भगिनी सम्बन्ध कायम भएको हो । उनले जर्सी सिटी र इन्द्रबती गाउँपालिकालाई जोड्ने पुलको रुपमा काम गरेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त आठ बुँदे सम्झौता पत्रमा दुई शहरबीच शैक्षिक, प्राविधिक, साँस्कृतिक, कृषि, सामाजिक विकास, आर्थिक लगानी, वातावरणीय, आविष्कार, प्रसाशनिक साधनस्रोत, सुसाशन, खेलकूद लगायतका क्षेत्रमा आदानप्रदान गर्ने उल्लेख गरिएकोछ। सम्झौतामा हस्ताक्षरपछि इन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङले खसोखाससँग कुराकानी गर्दै अब इन्द्राबती र जर्सी सिटीबीच विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान गरेर यो सम्बन्धलाई फलदायी बनाउने बताउनुभयो ।

जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार डाक्टर विष्णुमाया परियारले जर्सी सिटी र इन्द्रावतीबीच भगिनी सम्बन्ध कायम गराउन सफल भएकोमा आफ्नो एउटा सपना पूरा भएको बताउनुभयो । अबको केही महिनाभित्र न्युयोर्कको विश्व ब्यापारिक केन्द्रलाई पृष्ठभुमिमा राखेर न्युजर्सीको एक्सचेन्ज प्लेसमा नेपालको झण्डा सधैका लागि फहराउने कार्यक्रम समेत हुने परियारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘जर्सी सिटीले छिट्र्ट उक्त दिनको घोषणा गर्नेछ । र विश्वभरका पर्यटकहरुले भ्रमण गर्ने एक्सचेन्ज प्लेसमा नेपालको झण्डा फहराइनेछ ।’

यस अघि पनि जर्सी सिटीबाट सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारो को सवल नेतृत्व र डा परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि टिपिएस काउन्सिल रिजोलुसन पारित गरिएको थियो। टिपिएस रिजोलुसन पास गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर हो । त्यसैगरी, नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा सन् २०१७ को जुन ३० तारिख अमेरिकि भूमिमा नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो ।

सिटी हल भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकी शहर हो । नेपाली सामाजिक अभियन्ता एवं जर्सी सिटी मेयर फुलपकि सल्लाहकार परियारले झण्डोत्तोलनको लागि पहल गरेकी थिइन् ।

ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङ पूर्व अमेरिकी नेपाली एनआरएन हुन्। उनी ग्रिन कार्ड त्यागेर नेपाल फर्केका उदाहरणीय नेता हुन्। सामाजिक अभियन्ता परियारले दुई मुलुकका सरोकारवालाहरुसँग लामो परामर्श पछि कर्मभूमिबाट मातृभूमि फर्किएका बंशलाल तामाङको योगदानको कदर गर्दै ईन्द्रावती गाउँपालिकालाई सिस्टर सिटी बनाउन चुनिएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com