‘नेपाल आइडल २’ का टप ६ लाई अष्ट्रेलियाको भिसा !
प्रकाशित मिति : १० माघ २०७५, बिहिबार
अष्ट्रेलियाको मेलबर्न लगायत विभिन्न राज्यमा नेपाल आइडल सिजन २ को म्यूजिकल कन्सर्टको तयारी तीव्र रुपमा भैरहेको छ ।
म्यूजिकल टुरमा नेपाल आइडल सिजन २ विजेता रवि ओडका साथमा टप ६ प्रतियोगीहरुले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् । सहभागी सबै कलाकारहरुको अष्ट्रेलिया टुरकालागि भिसा समेत उपलब्ध भैसकेको छ । कार्यक्रमलाई नेपाल आइडलकी नियमित सञ्चालिका रिमा गुरुङले सञ्चालन गर्नेछिन् ।
नेपाल आइडल सिजन २ को म्यूजिक कन्सर्ट मेलबर्नमा भने आगामी फ्रेब्रुअरी ३ आइतवार हुने तय भएको छ । स्मार्ट एक्सेस इन्टरटेन्टमेन्ट अष्ट्रेलियाको व्यवस्थापनमा हुने कार्यक्रम बिलबोर्ड द भेन्यूको हलमा हुनेछ ।






