अष्ट्रेलियाको मेलबर्न लगायत विभिन्न राज्यमा नेपाल आइडल सिजन २ को म्यूजिकल कन्सर्टको तयारी तीव्र रुपमा भैरहेको छ ।
म्यूजिकल टुरमा नेपाल आइडल सिजन २ विजेता रवि ओडका साथमा टप ६ प्रतियोगीहरुले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् । सहभागी सबै कलाकारहरुको अष्ट्रेलिया टुरकालागि भिसा समेत उपलब्ध भैसकेको छ । कार्यक्रमलाई नेपाल आइडलकी नियमित सञ्चालिका रिमा गुरुङले सञ्चालन गर्नेछिन् ।
नेपाल आइडल सिजन २ को म्यूजिक कन्सर्ट मेलबर्नमा भने आगामी फ्रेब्रुअरी ३ आइतवार हुने तय भएको छ । स्मार्ट एक्सेस इन्टरटेन्टमेन्ट अष्ट्रेलियाको व्यवस्थापनमा हुने कार्यक्रम बिलबोर्ड द भेन्यूको हलमा हुनेछ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।