काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा र हिमपात


प्रकाशित मिति : माघ ९, २०७५ बुधबार

पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ ।

पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि शुरु भएको वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार यो क्रम आज रातिसम्म कायम रहनेछ । मङ्गलबार रातिदेखि शुरु भएको वर्षा बुधबार मध्याह्नतिर केही समय रोकिएपनि बेलुकीपखबाट पुनः शुरु हुने मौसमविद् श्रेष्ठले बताउनुभयो ।

आज उपत्यकासहित देशभरि नै बद्ली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको बताइएको छ । काठमाडौँ उपत्यकाको उच्च पहाडी क्षेत्र फूल्चोकी, चन्द्रागिरिलगायत स्थानमा हिमपात भएको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देशको पश्चिमी उच्च पहाडी क्षेत्रमा भारी हिमपात भइरहेकोे छ । देशका पश्चिमी भागमा भोलिसम्म यो प्रणलीले प्रभाव पर्ने छ । हिजोदेखि शुरु भएको वर्षाले अझै केही दिन निरन्तरता पाउने बताइएको छ । भोलि एक दिन यो प्रणाली हटेपनि आगामी शुक्रबारबाट पुन :पश्चिमी वायु सक्रिय हुने र त्यसको प्रभावले पानी पर्ने मौसमविद् श्रेष्ठको भनाइ छ ।

देशका अधिकांश भू–भागमा वर्षा र हिमपात भइरहेकाले तापक्रम घट्ने र चिसो बढ्नेछ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष शून्य डिग्रीसम्म पुगेको थियो ।

आज वर्षापछि चिसो बढे पनि यसवर्ष शून्य डिग्रीभन्दा तल नर्झने मौसमविद् श्रेष्ठले बताउनुभयो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ८.१ मिलिमिटर वर्षा भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com