अमेरिकामा कागजपत्रविहिन कृषि कामदारलाई ब्लुकार्ड दिने प्रस्ताव, कमला ह्यारिस र बर्नी स्याण्डर्स कोस्पोन्सर


प्रकाशित मिति : माघ ९, २०७५ बुधबार

क्यालिफोर्नियाका डेमोक्रेटिक सांसदहरुले अमेरिकामा रहेका कागजपत्रविहिन कृषि कामदारलाई कानुनी हैसियत प्रदान गर्ने विधयेक संसदका दुबै सदनमा पेश गरेका छन् । प्रस्तावित विधयेक पारित भएमा कामदार गुमाउने चिन्तामा रहेका अमेरिकाका किसानहरुलाई राहत प्रदान गर्नेछ ।

सिनेटमा उक्त विधयेक डेमोक्रेटिक सिनेटर डायन फेनिस्टेनले ड्राफ्ट गरेका छन् भने हाउसमा डेमोक्रेटिक प्रतिनिधि जो लोफग्रेनले ड्राफ्ट गरेका छन् । विधयेकमा दुईबर्षको अवधिमा कम्तीमा एकसय दिन काम गरेका कृषि कामदारहरुलाई अमेरिकामा काम गर्न अनुमति दिने ब्लुकार्ड प्रदान गर्ने प्रस्ताव गरिएको छ ।

त्यसका लागि कामदारहरुले उपयुक्त शुल्क तिर्नुपर्नेछ भने उनीहरुको पृष्ठभूमी पनि परिक्षण गरिनेछ । कामदारहरुका अमेरिकामा रहेका दम्पत्ति र छोराछोरीहरुपनि त्यसका लागि योग्य हुनेछन् ।

प्रतिनिधिसभामा ल्याइएको विधयेकको को स्पोन्सर ५८ जना सांसदहरुले गरेका छन् भने सिनेटमा कमला ह्यारिस, बर्नी स्याण्डर्स लगायत ११ जना सिनेटरले को स्पोन्सर गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com