१८० दिनभन्दा कम भिसा ओभरस्टे हुनेलाई समेत २ बर्ष जेल हाल्ने रिपब्लिकन प्रस्ताव


प्रकाशित मिति : माघ ७, २०७५ सोमबार

अमेरिकामा कुनै पनि गैरआप्रवासी भिसामा आएर भिसाको अवधि सकिएपछि ओभरस्टे हुनेहरुलाई जेलहाल्ने सम्मको विधयेकको प्रस्ताव अमेरिकी संसदमा गरिएको छ । अमेरिकाको ११६ औं संसदमा ल्याइएको उक्त विधयेकको कोस्पोन्सर १० जना रिपब्लिकन सांसदहरुले गरेका छन् । विधयेकको स्पोन्सर जेफ डनकानले गरेका छन् ।

अमेरिकामा पहिलोपटक ओभरस्टे हुनेलाई जरिवाना वा ६ महिनासम्म जेल सजाय वा दुबैसजाय र त्यसपछि पनि ओभरस्टे हुनेलाई जरिवाना वा २ बर्ष जेल वा दुबै सजाय हुनुपर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै पहिलोपटक ओभरस्टे हुनेलाई ५ बर्षसम्म पुन अमेरिका प्रवेशमा रोक लगाउने र १० बर्षसम्म कुनै भिसा स्वीकृत नगर्ने प्रस्ताव समेत गरिएको छ । पहिलोपटक भन्दा धेरै ओभरस्टे हुनेलाई भने अमेरिकामा सधैका लागि प्रवेशमा रोक लगाउने र कहिलेपनि भिसा जारी नगर्ने प्रस्ताव गरिएको छ ।

अमेरिकामा ओभरस्टे भएर कुनै अध्यागमन सुविधाका लागि आवेदन दिनेहरुका सन्दर्भमा ममेत अमेरिकी विदेशमन्त्री वा सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटीले आवेदन प्राप्त भएपछि आवेदकलाई सजायको सुचना प्रदान गर्ने प्रस्ताव गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाको राष्ट्रियता एवं अध्यागमन ऐनलाई संसोधन गरेर ओभरस्टे हुनेहरुलाई दण्डित गर्न उक्त विधयेक प्रस्ताव गरिएको हो । उक्त विधयेकको नाम भिसा ओभरस्टे कार्यान्वयन ऐन २०१९ दिइएको छ ।

प्रस्तावित विधयेकमा अमेरिकामा कुनै पनि भिसामा आएर ओभरस्टे हुनेलाई अपराधिकरण गरिएको छ । तर त्यसका लागि कुनै स्वास्थ्यबारेको आवश्यकता, सार्वजनिक सुरक्षा वा राष्ट्रिय सुरक्षालाई हेरेर हरेक व्यक्तिका सन्दर्भमा कारवाही गर्ने वा नगर्ने अधिकार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई रहने उल्लेख छ । भिसा अवधि सकिएपछिको कुनै पनि अवधि बस्ने आप्रवासी कारवाहीको भागिदार हुने प्रस्ताव गरिएको छ ।

अहिलेसम्मको अमेरिकी कानुन अनुशार १८० दिनभन्दा बढी १ बर्षभन्दा कम ओभरस्टे हुनेलाई अमेरिका प्रवेशमा ३ बर्षका लागि र १ बर्षभन्दा बढी ओभरस्टे हुनेलाई १० बर्षसम्म प्रतिबन्ध लगाउने प्रावधान रहेको छ । तर रिपब्लिकनहरुले १८० दिनभन्दा कम अवधि ओभरस्टे हुनेलाई पनि कारवाहीको प्रस्ताव गरेका छन् ।

डेमोक्र्याट्सहरुको बहुमत रहेको प्रतिनिधिसभामा उक्त विधयेक पारित हुने सम्भावना भने निकै न्यून रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com