काँग्रेसले संसद बैठक अवरुद्ध गरेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराई असन्तुष्टि


प्रकाशित मिति : ७ माघ २०७५, सोमबार

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध पारेकोमा असन्तुष्टि भएका छन ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक भट्टराईले संसदमार्फत् जनताको माग सम्बोधन गर्न जिम्मेवार बन्न सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई जिम्मेवार बन्न पनि आग्रह गरे ।

सोमबार प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आफ्ना पार्टीका पूर्व सभापतिद्धय गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल केन्द्र सरकारको मातहतमा राख्न माग गर्दै संसद बैठक अवरुद्ध पारेको थियो ।

त्यसप्रति आपत्ति जनाउँदै संयोजक भट्टराईले सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष काँग्रेस संसदमार्फत् जनताको समस्या समाधान गर्न गम्भिर नभएको भन्दै चिन्ता पनि व्यक्त गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन हुने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’मा सहमति जुटाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

संयोजक भट्टराईले संसद बैठक सूचारु गराउने दायित्व पूरा गर्न सरकारलाई र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई सुझाव पनि दिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com