ट्रम्प कार्यकालका २ बर्षमा अध्यागमनका ५ प्रभाव संख्यामा


प्रकाशित मिति : माघ ७, २०७५ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको आइतबार २ बर्ष पूरा भएको छ । यो अवधिमा आप्रवासीहरुमा परेको प्रभाव संख्यामा यस्तो छ ।

२४

ट्रम्प कार्यकालमा अमेरिकी अध्यागमन हिराशतमा २४ जना आप्रवासीहरुको मृत्यु भयो । मृत्यु हुनेमा ३३ बर्षका तेश्रो लिंगीदेखि ७ बर्षकी बालिकासम्म रहेका छन् ।

२,७३७

ट्रम्प प्रशासनको शुन्य सहनशीलता नीति अन्तरगत २७३७ बालबालिकालाई बुबाआमाबाट अलग गराइयो । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले यो संख्या पुष्टी गरेपनि भर्खरै प्रकाशित रिपोर्टहरुले यो संख्या अझ धेरै भएको जनाएका छन् ।

३०,०००

ट्रम्प कार्यकालमा ३० हजार शरणार्थीहरुलाई अमेरिका आउन अनुमति दिइयो । जब ट्रम्प ह्वाइट हाउसमा प्रवेश गरे, त्यतीबेला शरणार्थी कोटा १ लाख १० हजार थियो । तर ट्रम्पले घटाएर सुरुमा ५० हजार, त्यसपछि ४५ हजार हुँदै ३० हजारमा झारे । यो संख्या सन् १९८० मा शरणार्थी कार्यक्रम सुरु भएयताकै सबैभन्दा कम हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

३००,०००

ट्रम्पले कार्यकाल सम्हालेपछि आइसले झण्डै ३ लाख आप्रवासीहरुलाई पक्राउ गरेको छ । कार्यस्थलमा छापामारेर पक्राउ गर्नेदर यो बर्षमा ६४० प्रतिशतले बढेको छ ।

८००,०००

ट्रम्पले कार्यभार सम्हालेपछि अमेरिकी अध्यागमन अदालतमा मुद्दाको ब्याकलग ८ लाख नाघेको छ । जसमा नेपालीका मुद्दाहरु झण्डै ४ हजार रहेका छन् । अमेरिकी सरकार शटडाउन भएयता ६७ हजार भन्दा धेरै मुद्दाको सुनुवाई स्थगित हुँदा ब्याकलग अझ थपिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com