ट्रम्प कार्यकालका २ बर्षमा अध्यागमनका ५ प्रभाव संख्यामा


प्रकाशित मिति : ७ माघ २०७५, सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको आइतबार २ बर्ष पूरा भएको छ । यो अवधिमा आप्रवासीहरुमा परेको प्रभाव संख्यामा यस्तो छ ।

२४

ट्रम्प कार्यकालमा अमेरिकी अध्यागमन हिराशतमा २४ जना आप्रवासीहरुको मृत्यु भयो । मृत्यु हुनेमा ३३ बर्षका तेश्रो लिंगीदेखि ७ बर्षकी बालिकासम्म रहेका छन् ।

२,७३७

ट्रम्प प्रशासनको शुन्य सहनशीलता नीति अन्तरगत २७३७ बालबालिकालाई बुबाआमाबाट अलग गराइयो । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले यो संख्या पुष्टी गरेपनि भर्खरै प्रकाशित रिपोर्टहरुले यो संख्या अझ धेरै भएको जनाएका छन् ।

३०,०००

ट्रम्प कार्यकालमा ३० हजार शरणार्थीहरुलाई अमेरिका आउन अनुमति दिइयो । जब ट्रम्प ह्वाइट हाउसमा प्रवेश गरे, त्यतीबेला शरणार्थी कोटा १ लाख १० हजार थियो । तर ट्रम्पले घटाएर सुरुमा ५० हजार, त्यसपछि ४५ हजार हुँदै ३० हजारमा झारे । यो संख्या सन् १९८० मा शरणार्थी कार्यक्रम सुरु भएयताकै सबैभन्दा कम हो ।

३००,०००

ट्रम्पले कार्यकाल सम्हालेपछि आइसले झण्डै ३ लाख आप्रवासीहरुलाई पक्राउ गरेको छ । कार्यस्थलमा छापामारेर पक्राउ गर्नेदर यो बर्षमा ६४० प्रतिशतले बढेको छ ।

८००,०००

ट्रम्पले कार्यभार सम्हालेपछि अमेरिकी अध्यागमन अदालतमा मुद्दाको ब्याकलग ८ लाख नाघेको छ । जसमा नेपालीका मुद्दाहरु झण्डै ४ हजार रहेका छन् । अमेरिकी सरकार शटडाउन भएयता ६७ हजार भन्दा धेरै मुद्दाको सुनुवाई स्थगित हुँदा ब्याकलग अझ थपिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com