एनआरएन क्यानडाको ९ औ साधारणसभा आज


प्रकाशित मिति : श्रावण २२, २०७३ शनिबार

एनआरएन क्यानडाको नवौं बार्षिक साधारणसभा आज (अगस्त ६ तारिख शनिबार) क्यानडाको क्युबेक प्रान्तको मोन्टरियलमा भइरहेको छ । साधारणसभामा सहभागिताका लागि क्यानडा निवासी सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधीहरु, एनआरएनका सदस्यहरु लगायजत सबै नेपालीहरुलाई आयोजकले अनुरोध गरेका थिए ।

नेपालबाट बसाइ सरेर सात समुन्द्र पारी क्यानडामा आएपनि जन्मभूमी, समाज, संस्कृति, सामाजिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै समाजका कमजोरी सुधारको दिशामा सबै क्यानडाबासी नेपालीहरु एकजुट हुनुपर्ने भन्दै क्यानडा निवासी सामाजिक व्यक्तित्व एवं एनआरएन क्यानडाका रिजनल कमिटि अफिसर लायन मित्र काफ्लेले सबैलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्नुभएको थियो ।
आगामी दिनमा एनआरएन क्यानडालाई सक्षम, कुशल र गतिशिल नेतृत्व निर्माण गर्नका लागि सबै अग्रशर हुनुपर्ने उहाँले बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com