डाका र टीपीएस हुनेलाई नागरिकताको बाटोमा लैजाने प्रस्ताव गर्दै ट्रम्प, विशेष सम्बोधन ४ बजे


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

आज दिउसो ४ बजे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने सम्बोधनमा सिमानामा पर्खाल लगाउने विषयमा डेमोक्र्याटहरु सहमत भएमा आफूहरु डाका र टीपीएस होल्डरलाई अमेरिकी नागरिकताको बाटोमा लैजान तयार रहेको प्रस्ताव गर्ने जनाइएको हो । बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनहरुलाई अमेरिकामा डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल अर्थात् डाका कार्यक्रममार्फत संरक्षण प्रदान गरिदै आएको छ ।

सम्बोधनका क्रममा ट्रम्पले सिमानामा पर्खाल बनाउन ५ दशमलव ७ बिलियन डलरको प्रस्तावमा डेमोक्र्याटहरुलाई सहमत गराउन त्यसको सट्टामा डाका र टीपीएसले समेटेकाहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने प्रस्तावमा सहमति जनाउनसक्ने जनाइएको छ । अमेरिकामा झण्डै ९ हजार नेपालीहरु टीपीएसबाट संरक्षित रहेका छन् ।

आजको सम्बोधनमा ट्रम्पले संकटकालको घोषणा भने नगर्ने जनाइएको छ । अमेरिकी सरकार शटडाउनको २९ औं दिन पुग्दा राष्ट्रपति ट्रम्पले विशेष सम्बोधन गर्न लागेका हुन् । तर ट्रम्पको सम्बोधनले भने सरकार शटडाउनको अवस्था अन्त्य गर्नेमा भने आशंका रहेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com