अर्गानिक चलचित्र ‘भैरे’ आइतवार न्यूयोर्कमा प्रर्दशन हुँदै


प्रकाशित मिति : ५ माघ २०७५, शनिबार

सान्ननीलाई भेट्न आउँदा रातै पर्यो बाटैमा लगायतका चर्चित गितहरु सहित उत्कृष्ट अभिनय रहेको चलचित्र भैरै आइतवार न्यूयोर्कमा प्रदर्शन हुँदैछ । यस चलचित्रका नायक बिक्रान्त बस्नेतले दिएको जानकारी अनुसार चलचित्र भैरे दिउसो २ बजे न्यूयोर्क कुईन्सस्थित बम्बे थियटरमा प्रदर्शन हुँदैछ । यो चलचित्र अमेरिकाका अन्य शहरहरुमा समेत प्रर्दशन हुने जानकारी दिइएको छ ।

नेपालको परिवेश र नेपालका बिभिन्न मनमोहक ठाँउहरुमा छायाँकन गरिएको अर्गानिक चलचित्र भैरेमा अहिलेका चर्चित कलाकार दयाहाङ राई, न्यूयोर्क निवासी नायक बिक्रान्त बस्नेत, सुरक्षा पन्त, बर्षा सिवाकोटी, बुद्धि तामाङ, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतको अभिनय रहेको छ ।

चर्चित गायक यम बराल र अञ्जु पन्तको स्वरमा रहेको सनम माया लाको, सान्ननीलाई भेट्न आउँदा यि दुई गित युट्युबमा लाखौं पटक हेरिएको छ । चचित्रका निर्माता प्रेम पौडेलले न्यूयोर्क तथा यस आसपासमा रहेका सबैलाई चलचित्र हेर्न आउन आग्रह गरेका छन् ।

चलचित्र हेर्नका लागि न्यूयोर्क ज्याकशन हाइट वरिपरि रहेका बिभिन्न रेष्टुरेष्टहरुमा टिकट किन्न पाइने जनाइएको छ । नायक बस्नेतले नेपाली चलचित्र प्रेमी सबैलाई चलचित्र भैरे हेरिदिन आग्रह गर्दै, दर्शकको अपार माया पाईरहे कलाकार बाँचिरहने र नेपाली चलचित्र क्षेत्रको बिकास हुने जनाए । भैरे निमार्ण पक्षका सहनिर्माता कृष्णराज काफ्लेले नेपालमा चलचित्र भैरेले दर्शकको अपार माया पाएको र बिदेशमा रहेका नेपालीहरुले समेत यस चलचित्रलाई माया गर्नेमा आफुहरु विश्वस्त रहेको जनाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com