मुसहर बालबालिकाले पाए न्यानाे कपडा


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

सदाको स्कूलले दिनभन्दा निकै भिन्न थियो विहिबारको दिन । पुष माघको समय यसै पनि हुस्सुले आधा विहानको समय गएको पत्तो नै हुँदैन । तर रौतहटको चन्द्रनिगाहापुर ४ स्थिति सन्तपुर बैतौनाको श्री दलित जन जागरण निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरुको जाडो छिचोल्दै विद्यालयमा भएको उपस्थितिले सहजै अनुमान गर्न सकिन्थ्यो कि त्यहाँ केही हुँदैछ भनेर । अघिपछिको दिनभन्दा भिन्न रहेको विहिबारको दिन विद्यार्थीहरु पनि निकै खुशी मुद्रमा देखिन्थ्ये । उनीहरुमा देखिएको खुशी स्वभाविक नै थियो । स्कूल प्रांगनमा जम्मा भएका विद्यार्थीहरु केही दिनको जाडो छल्ने आशा गर्दै आफुहरुले पाउन लागेको न्यानो कपडाको पर्खराइमा थिए । केही समयमै उनीहरुले आशा गरेको न्यानो कपडा पाए र उनीहरु खुशीले रमाए । विहिबार रौतहटको चन्द्रनिगाहापुर ४ मा रहेका मुसहर वस्तीको २ सय जना बालबालिकाहरुलाई जाडोको न्यायो कपडाको व्यवस्था ललितपुरको साझा पहल नेपालले गरेको थियो ।

यस अघि कांभ्रेको चौरी देउराली गाउँपालिका सुर्योदय प्रावि, इश्वरीदेवी निमावि,कालिकादेवी प्रावि, बालज्योति प्रावि र ढाँडखर्क प्राविका १८५ जना दलित बालबालिकालाई जाडोको कपडा वितरण गरिसकेको साझा पहल नेपालले विगत ३ वर्षदेखि दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरुको शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको छ ।

साझा पहल नेपालले मनकारी व्यक्तिहरुको सहयोगमा यो वर्ष मात्रै जाडोको समयमा करिब ४ सय जना विभिन्न विद्यालयका दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई जाडोबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको साझा पहल अध्यक्ष गीता केसी दर्नालले बताइन् । ‘साझा पहल नेपाल दलित तथा सीमान्तकृत समुदायको बालबालिकाको शिक्षामा सहयोग गर्ने संस्था हो’ उनले भनिन्, ‘हामी जाडोबाट बालबालिकाहरुलाई न्यानो अनुभुति दिलाउने पनि काम गछौं । ’

साझा पहल नेपालको सहकार्यमा विदेशमा रहेका मनकारी हातहरुको सहयोगमा शैक्षिक सामाग्री र जाडोको कपडाहरु विभिन्न प्रदेशमा वितरण गरिएको अध्यक्ष केसी दर्नालले बताइ्न । आफुहरुको पहिलो पा्रथमिकता दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरु रहेको बताउँदै शैक्षिक क्षेत्रमा संस्थाले काम गरेको उनले बताइन् । ललितपुरमा ४ र चितवनमा ३ जना दलित बालबालिकाहरुलाई संस्थाले अध्ययन गराईरहेको जानकारी दिदै अगामी दिनमा पनि दलित बालबालिकाहरुको शैक्षिक क्षेत्रमा काम गर्ने केसी दर्नालले बताइन् । ‘मनकारी मन र सहयोगी हातहरुको सहयोगमा सहाराविहिन बालबालिकाहरुले अध्ययन गरिरहेका छन्, भोलीका दिनमा अझै फराकिलो ढंगबाट यो कामलाई तीव्र बनाइनेछ ’अध्यक्ष केसी दर्नालले बताइन,‘हामी बाबु आमा गुमाएका दलित बालबालिकाहरुलाई अध्ययन गराउँछौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संस्थाले शैक्षिक कार्यक्रम अन्र्तगत जाडोको समयमा एकसरो कपडा लगाएर स्कूल पुगेका बालबालिकाहरुलाई न्यानो कपडा समेत वितरण गर्न संक्षम रहेको जनाएको छ । विदेशमा रहेका सहयोगी हातबाट बालबालिकाको मुहारमा खुशी ल्याउन आफुले सहयोगी भूमिका निर्वाह गरेको संस्थाले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com