प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषाको चलचित्र ‘पाहुना’ नेट्फ्लीक्समा


प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार

प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषाको चलचित्र पाहुना नेट्फ्लीक्समा राखिएको छ । गत डिसेम्बरमा रिलिज भएको उक्त चलचित्र प्रियंका चापडा र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चरले निर्माण गरेको हो ।

चलचित्रमा माओवादी युद्धका कारण नेपालबाट भागेर सिक्किम पुगेका तीनजना बालबालिकाको कथालाई देखाइएको छ । युद्धका कारण परिवारबाट बिछोडिएकाहरुले चर्चमा शरण लिएको र पादरीले बालबालिका खाने भ्रममा परेका केटाकेटीहरुले गरेको संघर्षलाई चलचित्रमा देखाइएको छ ।

यदि तपाईसँग नेट्फ्लीक्स एकाउन्ट छ भने चलचित्र हेर्न यहाँ क्लीक गर्नुहोला ।

चलचित्रमा बाल मनोविज्ञान र आशालाई देखाइएको छ । टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा विश्व प्रिमियर गरिएको यो चलचित्रले विभिन्न अवार्डहरु समेत जितेको छ ।

चलचित्रमा इशा गुरुङ, अनमोल लिम्बु, मन्जु केसी, शरण राई, विनोद प्रधान, उत्तम प्रधान, बनिता लगुन, सागर देसाई लगायतको अभिनय रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com