पोखराका इञ्जिनियर सन्दीप गुरुङ विश्वमै प्रथम


प्रकाशित मिति : माघ १, २०७५ मंगलबार

विश्वका ईञ्जिनियरहरु विचको प्रतिस्पर्धामा पोखराका ईञ्जिनियर सन्दीप गुरुङ प्रथम हुनु भएको छ ।
टाटा मो टर्स  अन्र्त गत डिसेम्बर १६ तारेख(पुस १ गते) मलेशियाको राजधानी क्वालालम्पुरमा सम्पन्न इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ मा सार्कबाट नेपालका एक्लो प्रतिस्पर्धी पोखरा बुद्धचोक स्थित  सिप्रदी ट्रे डि· प्रालिका मे ने जर  ई .सन्दीप गुरुङ प्रथम हुदै २ हजार डलर, ट्रफी, प्रमाणसहित पुरस्कृत हुनुभएको हो ।

क्षेत्रीय, राष्ट्रिय हुदै सार्कमा सम्पन्न फेष्टमा प्रथम हुदै अन्तिम चरणमा प्रबेश गर्नु भएका गुरुङले भारत, एशियन, सार्क, अफ्रिका, मध्यपूर्व र ल्याटम क्षेत्रबाट उत्कृष्ठ बनेका अन्तिम प्रतिष्पर्धी २५ जनालाई पछि पार्दै प्रथम हुनुभएको हो ।लिखित, अभ्यास र अन्र्तवार्ता परिक्षाबाट उत्कृष्ठ बन्नु भएको गुरुङले अन्र्तराष्ट्रिय प्रतिष्पर्धामा प्रथम हुनका लागि दैनिक १४ घण्टा मिहिनेत गरेको बताउनुभयो । मिहिनेत, लगनशीलता, नयाँ खोज, ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्नका लागि आफुले गरेको परिश्रमका कारण सफलता प्राप्त भएको बताउनुभयो ।

पुम्दीभुम्दी गाँउ भई  हाल पोखरा उपमहानगर पालिका वडा नं. ७ एयर पो र्ट  अन्नपुर्ण टो ल निवासी बाबा लछिमान गुरुङ र  आमा दुर्गा कुमारी गुरुङको  २८ वर्षिय छोरा सन्दीप गुरुङले ललितपुर स्थित पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट सन् २०१० मा  मे कानिकल इञ्जिनिरि ·मा बीई उतिर्ण   गर्नु भई पोखरा बुद्धचोक स्थित सिप्रदी ट्रे डि· प्रालिमा कार्यरत रहदै आउनु भएको छ ।इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ मा प्रवेशका लागि पश्चिमाञ्चल क्षे त्रीय फे ष्टमा प्रथम हुदै  १० हजार  रुपैया, राष्ट्रिय प्रतियो गितामा द्धितिय र भारतको  उत्तराखण्ड पञ्चनगरमा गत नोभेम्वर  १५ तारेख सम्पन्न सार्कस्तरीय फेष्ट प्रथम स्थान हासिल गर्नुभएको थियो । पश्चिमाञ्चल क्षे त्रीय फे ष्टमा प्रथम हुदा १० हजार , राष्ट्रियमा २० हजार, सार्कमा एक हजार डलरसहित पुरस्कृत बनेको उहाँले जानकारी दिनुभयो ।

३५ देशमा रहेका टाटा मोटर्सको  डिलरमा कार्यरत क्षेत्र देशीयबाट उत्कृष्ट २६ इञ्जिनियर हरुविच इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ सम्पन्न भएको थियो । फेष्टहरुले आफुलाई अन्र्तराष्ट्रिय एक्पोजर दिएको बताउनुहुने ई.सन्दीप गुरुङले नेपालमै रहेर ईञ्जिनियरिङ क्षेत्रबाट सेवा प्रदान गर्ने योजना रहेको बताउनुभयो ।प्रतिभावन आफ्नो भाञ्जा ई.सन्दीपमा रहेको ज्ञान, क्षमता, अनुभव नेपाल र नेपालीका लागि उपयोग गर्न गराउन सम्बन्धित पक्षले पनि ध्यान पुर्याउन तमु सहयोग समिति पार्दीका निवर्तमान अध्यक्ष मामा क्या.चेतबहादुर तमुले आग्रह गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com