अमेरिकी सरकार शटडाउनका कारण ४२ हजार अध्यागमन सुनुवाई स्थगित, नेपाली प्रभावित


प्रकाशित मिति : पुस ३०, २०७५ सोमबार

डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनका कारण अमेरिकी अध्यागमन अदालतमा सुनुवाई तय भएका ४२ हजार भन्दा धेरै अध्यागमनबारेका मुद्दाहरुको सुनुवाई स्थगित भएको छ । ती मुद्दाहरुको नयाँ सुनुवाई मिति २ बर्ष वा त्यो भन्दा बढी समय पछि सर्न सक्ने जनाइएको छ । सुनुवाई स्थगित भएका अधिकांश मुद्दाहरु एसाइलमका मुद्दाहरु रहेका छन् ।

अमेरिकाको इतिहासमा नै सबैभन्दा लामो शटडाउनका कारण जनवरी ११ सम्म ४२ हजार ७ सय ४६ वटा अध्यागमन मुद्दाहरुको सुनुवाई स्थगित भइसकेको छ । हरेक साता शटडाउन बढ्दैजाँदा प्रभावित हुने मुद्दाको संख्या २० हजारका दरले बढ्दै जाने ट्रान्जेक्सनल रेकर्ड एक्सेस क्लीयरिंगहाउसको तथ्यांकले देखाएको छ । शटडाउन जनवरीको अन्त्यसम्म पनि कायम भएमा कम्तीमा १ लाख अध्यागमनका मुद्दाहरु स्थगित हुने देखिएको छ ।

शटडाउन कायम रहदै गर्दा अमेरिकी अध्यागमन अदालतमा ब्याकलग पनि क्रमश बढ्दै गएको छ । नोभेम्बरको अन्त्यसम्म अमेरिकी अध्यागमन अदालतमा ८ लाख ९ हजार ४१ केसको ब्याकलग कायम रहेकोमा शटडाउनका कारण ब्याकलग अझ थपिएको छ । दुईदेखि ४ बर्ष कुरेर अदालतको सुनुवाई मिति पाएकाहरुले शटडाउन अन्त्यभएपछि फेरी दुईदेखि ४ बर्षपछिको नयाँ मिति पाउनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाका अध्यागमन अदालतहरुमध्ये क्यालिफोर्नियाको अदालतमा जनवरी ११ सम्म शटडाउनका कारण ९ हजार ४ सय २४ केसको सुनुवाई स्थगित भएको छ । त्यस्तै न्युयोर्कको अदालतमामात्र ५३२० अध्यागमन मुद्दाको सुनुवाई स्थगित भएको छ । टेक्सासमा ५१४१, फ्लोरिडामा ४२३२, न्युजर्सीमा १८९४, मासाचुसेट्समा १८०५, भर्जिनियामा १७९१, मेरिल्याण्डमा १३६७ अध्यागमन मुद्दाको सुनुवाई स्थगित भएको छ ।

जनवरी १८ सम्म शटडाउन कायम रहेमा ६७ हजार ४ सय २७ मुद्दाहरु स्थगित हुनेछन् भने जनवरी २५ सम्म शटडाउन कायम रहेमा ८६ हजार १ सय ९२ मुद्दाहरु स्थगित हुनेछन् । फरबरी १ सम्म शटडाउन कायम रहेमा १ लाख ८ हजार १ सय १२ अध्यागमन मुद्दाहरु स्थगित हुनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com