हुलियन क्यास्ट्रोले गरे अमेरिकन राष्ट्रपतिमा उम्मेदवारी घोषणा, सार्वजनिक बस चढेर घोषणास्थल


प्रकाशित मिति : ३० पुस २०७५, सोमबार

ओबामा कार्यकालमा क्याबिनेट सदस्य समेत रहेका हुलियन क्यास्ट्रोले अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवारीको घोषणा गरेका छन् । सन् २०२० को नोभेम्बरमा हुने चुनावका लागि क्यास्ट्रोले डेमोक्रेटिक उम्मेदवारका रुपमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

सान आन्टोनियोको मेयर समेत भइसकेका ४४ बर्षीय क्यास्ट्रोले एकदेश एक भाग्यको नारासहित डेमोक्रेटिक पार्टीका तर्फबाट चुनावमा उम्मेदवारी दिने भएका छन् । तर उनले २०२० को नोभेम्बरमा हुने चुनावमा प्रतिस्पर्धा गर्नु अगाडि भने डेमोक्रेटिक पार्टीको प्राइमरी चुनाव जित्नुपर्ने हुन्छ ।

यस अगाडि अमेरिकी प्रतिनिधिसभासदस्य तुल्सी गब्बार्डले पनि राष्ट्रपति पदका लागि उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन् । तुलसी गब्बार्ड उम्मेदवारीको औपचारिक घोषणा भने अर्को साता गर्ने जनाइएको छ ।

ल्याटिनोहरुमाझ लोकप्रिय क्यास्ट्रो आफ्नो उम्मेदवारीको घोषणा गर्ने कार्यक्रममा सार्वजनिक बस चढेर पुगेका थिए । आफूहरु स्कुल जाँदा चढ्ने गरेको बस नम्बर ६८ चढेर उनी उम्मेदवारी घोषणास्थल पुगेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com