महाबीर पुनको अभियानलाई सघाउन बिसे नगर्ची बन्ने प्रेमराजाको घोषणा, मासिक १० हजार सहयोग


प्रकाशित मिति : पुस २८, २०७५ शनिबार

नेपाल सरकारका महाबाणिज्यदुत तथा वरिष्ठ लोक गायक प्रेम राजा महतले सामाजिक अभियन्ता महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्र निर्माणको अभियानमा सघाउन आफू बिशे नगर्ची जस्तै बन्न तयार रहेको बताउनुभएको छ । महतले उक्त अभियानमा सघाउन हरेक महिना १० हजार रुपैया दिने घोषणा समेत गर्नुभएको छ ।

एकिकरण अभियान शुरू गर्न खर्च नभएर विलखवन्दमा परेका राजा पृथ्वी नारायण शाहलाई बिसे  नगर्चीले थोरै थोरै खर्चले पनि कसरी ठूलो काम गर्न सकिन्छ भन्ने कुरा उदाहरण सहित सिकाएका थिए । बुढामहाराजको काशी यात्रा गर्दा अर्थको जोहो गराउने प्रमुख सल्लाहकार पनि यिनै थिए |

आफ्नी कान्छी छोरी सदीक्षा महतको जन्मदिनको अवशरमा महतले बिशे नगर्ची जस्तै बन्न तयार रहेको घोषणा गर्नुभएको हो । आफ्नो व्यवसाय संचालनमा रहेसम्म हरेक महिना दश हजार रुपैया निरन्तर दिने घोषणा गर्दै उहाँले देश बिदेशमा छरिएर नेपाली व्यवसायीहरुलाई प्रति महिना १० हजार रुपैया प्रदान गर्न समेत आव्हान गर्नु भएको छ ।

महतले भन्नुभयो – ‘राष्ट्रिय आविष्कार केन्द्रको अहिले बामे सर्न लागेको बच्चा जस्तो स्थितिमा छ । यसलाई बचाउनु अति जरुरी छ । यस बाल्य अबस्थाको केन्द्रलाई हुर्काउन सकियो भने मात्र करिब दुई दशकमा नेपाल आर्थिक रुपमा समृद्ध हुने बाताबरण बन्नेछ । यो अभियानलाई म प्रेमराजा महतले ऐतिहासिक पात्र विशे नगर्चीको रुपमा बढाउने घोषणा गर्दछु । सम्पूर्ण नेपाली ब्यबसायी र उद्यमीहरुलाई पनि साथ दिन अनुरोध गर्दछु ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com