फरबरी भिसा बुलेटिन : पारिवारिक आधारमा यी नेपालीले पाउनेछन् ग्रिनकार्ड


प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार

अमेरिकी सरकारको विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले फरबरी महिनाका लागि भिसा बुलेटिन जारी गर्दै पारिवारिक आधारमा नेपालीहरुले फाइल गर्नुपर्ने ग्रिनकार्डको नयाँ मिति सार्वजनिक गरेको छ । अमेरिकी नागरिकका अविवाहित छोराछोरी, अमेरिकी ग्रिनकार्ड होल्डरका दम्पत्ति र छोराछोरी, ग्रिनकार्ड होल्डरका २१ बर्ष नाघेका अविवाहित छोराछोरी, अमेरिकी नागरिकका विवाहित छोराछोरी र अमेरिकी नागरिकता प्राप्त व्यक्तिका दाजु भाई दिदीबहिनीहरुका लागि फरबरी महिनामा ग्रिनकार्ड फाइल गर्ने नयाँ मिति सार्वजनिक गरिएको हो ।

फरबरीमा २२ सेप्टेम्बर २०११ भन्दा अगाडि प्राथमिक मिति भएका अमेरिकी नागरिकका कुनै पनि उमेरका अविवाहित छोराछोरी भएकाले ग्रिनकार्ड पाउनेछन् भने ८ अप्रिल २०१२ भन्दा अगाडि प्राथमिक मिति भएकाहरुको ग्रिनकार्ड प्रकृया अगाडि बढाइनेछ ।

त्यस्तै १ डिसेम्बर २०१६ अगाडि प्राथमिक मिति भएका अमेरिकी ग्रिनकार्ड होल्डरका दम्पत्ति र छोराछोरीहरुले फरबरीमा ग्रिनकार्ड पाउनेछन् भने १ डिसेम्बर २०१७ भन्दा अगाडि प्राथमिक मिति भएकाहरुको ग्रिनकार्ड प्रकृया अगाडि बढाइनेछ ।

त्यसैगरी ग्रिनकार्ड होल्डरका २१ बर्ष नाघेका अविवाहित छोराछोरीका सन्दर्भमा फरबरी महिनामा १ मे २०१२ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड पाउनेछन् भने २२ जुन २०१४ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुको ग्रिनकार्ड प्रकृया अगाडि बढाइनेछ ।

त्यस्तै अमेरिकी नागरिकका विवाहित छोराछोरीका सन्दर्भमा फरबरीमा २२ अगस्त २००६ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुकालाई ग्रिनकार्ड प्रदान गरिनेछ भने १ फरबरी २००७ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुको ग्रिनकार्ड प्रकृया अगाडि बढाइनेछ ।

अमेरिकी नागरिकता प्राप्त गरिसकेकाहरुका दाजुभाई दिदीबहिनीहरुका लागि फाइल गरिएको ग्रिनकार्डको सन्दर्भमा २२ जुन २००५ भन्दा अगाडि प्राथमिकता मिति भएका नेपालीहरुलाई ग्रिनकार्ड प्रदान गरिनेछ भने १५ जुन २००६ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुको ग्रिनकार्ड प्रकृया अगाडि बढाइनेछ ।

उल्लेखित मिति नेपालीहरुका सन्दर्भमा लागु हुनेछ भने चीन, भारत, मेक्सिको र फिलिपिन्सका नागरिकहरुको सन्दर्भमा छुट्टै सिमाबन्दी तोकिएको छ । विस्तृत विवरण फरबरी महिनाका लागि जारी गरिएको भिसा बुलेटिनमा हेर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com