फरबरी भिसा बुलेटिन : डिभी लोटरी परेका यी नेपालीले पाउनेछन् भिसा


प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार

अमेरिकी सरकारको विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले फरबरी महिनाका लागि जारी गरेको भिसा बुलेटिनमा डिभी परेका नेपालीहरुले प्राप्त गर्ने भिसाबारे जानकारी सार्वजनिक गरेको छ । नयाँ भिसा बुलेटिन अनुशार फरबरी महिनामा २८ सय सम्ममात्र केस नम्बर हुने डिभी लोटरी विजेता नेपालीहरुले भिसा प्राप्त गर्नेछन् ।

मार्च महिनामा भने ३४ सय सम्म केस नम्बर हुने डिभी लोटरी विजेता नेपालीहरुले अमेरिकाको भिसा प्राप्त गर्नेछन् । सन् २०१९ का लागि डिभी विजेता नेपालीहरुले अहिले भिसा प्राप्त गरिरहेका छन् । उनीहरुले आगामी सेम्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नेछन् ।

सन् २०२० का लागि डिभी विजेता नेपालीहरुको नतिजाभने आगामी मे महिनामा सार्वजनिक गरिनेछ । उनीहरुले सन् २०१९ को अक्टोबरदेखि भिसा प्राप्त गर्न थाल्नेछन् । डिभी लोटरीको नियम अनुशार हरेक बर्ष झण्डै ३५ सय डिभी विजेता नेपालीहरुले मात्र भिसा प्राप्त गर्नेछन् ।

डिभी लोटरी विजेताहरुले अमेरिका आइसकेपछि सरकारी सुविधा खाने सम्भावना देखेको खण्डमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले भिसा अस्वीकृत गर्दै आएको छ । त्यसैले डिभी विजेताहरुले अमेरिकाबाट जागिरको अफर वा युएससीआईएसले तोके अनुशारको आम्दानी भएको व्यक्तिबाट स्पोन्सर मगाउनु जरुरी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com