“ गाउँका दिदीबहिनीसँग माछा मार्न जाने सल्लाह भइसकेको छ ”


प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार

 युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । भाँडाकुँडा सबै सफा पारिएको छ । थारू जातिको महान् पर्व माघीको रौनक अहिले रजौराको थारू बस्तीमा मात्र होइन जिल्लाका अधिकांश थारू बस्ती देख्न पाइन्छ ।

थारू बस्तीमा माघी आउन अब एक हप्ता मात्र बाँकी छ । यहाँका थारू समुदायको बस्तीमा महिला तथा पुरुष आ–आफ्नै काममा व्यस्त छन् । पुरुष सुँगुरको मासु काट्नेदेखि लिएर अन्य काममा व्यस्त छन् भने महिला रोटी पकाउने तथा पिठोको तयारीदेखि लिएर दुना टपरी खुट्नमै व्यस्त छन् ।

अधिकांश थारु बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ । माघी अघि नै सुँगुर काट्ने, रोटी पकाउनेलगायत काम गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिका–६ रजौराका ५५ वर्षीय ज्ञानसिंह चौधरी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “आफूहरुको संस्कृतिअनुसार सुँगुर मार्ने काम माघी आउन एक दिन बाँकी छँदा गरिन्छ भने माछा मार्नेदेखि लिएर रोटी पकाउनेलगायतका काम एक हप्ता अगाडिबाटै गर्न थालिन्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मङ्गलबार तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारू गाउँमा सुँगुर घरघरमा बाँधेका देखिन्थे भने महिला दुना टपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्थे । उनीहरुले माघीमा जाँड र मासु खानका लागि दुना टपरी बनाउन लागेको बताए । घर आँगनमा बसेर दुना टपरी बनाउँदै गरेकी ४० वर्षीया बुझौनी चौधरीले भन्नुभयो, “माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो बनाउन लागेकी हुँ ।”

तुलसीपुरको रजौरा बस्तीमा मात्र होइन यहाँका अन्य थारू बस्तीमा पनि माघीको रौनक बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ कपडादेवीकी ६० वर्षीया मनराखी चौधरी माघीका लागि दुना टपरी बनाउनमै व्यस्त हुनुहुन्छ ।

आफ्ना बुहारीसँगै बसेर दुना टपरी बनाउनमै व्यस्त रहनुभएकी मनराखीले माघीमा खानेकुरा दुनाटपरीमै राखेर दिने चलन रहेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका–१५ का ४५ वर्षीया शान्ति चौधरी माघीका लागि अचार बनाउनमै ब्यस्त हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “एक महीना अगाडिदेखि नै पात र दाउराको जोहो गरेकी हुँ ।” मुला, अदुवा र टमाटर मिलाएर अचार बनाउँदै गर्नुभएकी शाान्तिले माघीका लागि विशेष परिकारका रुपमा लिइने ढिकरी भने माघी आउन एक दिन बाँकी रहँदा मात्र बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “चामलको पिठो, घर लिपपोत, मासुको जोहो गरिसक्याँै, अब गाउँका दिदीबहिनीसँग माछा मार्न जाने सल्लाह भइसकेको छ ।” माघीमा माछा मार्ने प्रचलन रहेकाले आफूहरु बबई नदी जाने तयारीमा रहेको उहाँको भनाइ थियो ।

बबई नदीमा माछा मार्दै गरेकी तुलसीपुर उपमहानगरपालिका–१७ का ५५ वर्षीया लीला चौधरीले भन्नुभयो, “माछा मार्न गाउँका सबै मिलेर यहाँ आएका छौँ ।”

थारूको मौलिक संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । घर घरमा सुँगुर काट्ने चलन छ । यसलाई ‘जिता मरना दिनु’ भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको परिकार), माछालगायतको परिकार बनाएर जाँड, रक्सीका साथ खानपिन गरेर रातभर नाचगान गर्ने गरिन्छ । यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ गीत सबैको मुखमा झुण्डिएको हुन्छ ।

माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोला, तलाउ, पोखरीमा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफ्ना छोरीचेलीलाई टीका लगाइदिने चलन छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com