१८ बर्षमा कति नेपालीले पाए अमेरिकी अदालतबाट एसाइलम ? (एक्सक्लुसिभ)


प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार

– किशोर पन्थी

अहिलेसम्म अमेरिकी अदालतबाट एसाइलम पाउने नेपालीहरुको संख्यात्मक विवरण सार्वजनिक भएको छ । अमेरिकी सरकारको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार सन् २००० को अक्टोबरदेखि सन् २०१८ को नोभेम्बरसम्म अमेरिकी अध्यमगन अदालतबाट ४ हजार १ सय ४७ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको छ ।

१८ बर्षको यो अवधिमा अमेरिकी अध्यागमन अदालतले ५ हजार ८ सय २५ जना नेपालीहरुको एसाइलमका मुद्दाको फैसला गरिसकेको छ । जसमध्ये १६ सय १२ जनाको एसाइलममात्र अमेरिकी अध्यागमन अदालतबाट अस्वीकृत भएको छ । ६६ जनाले भने एसाइलम स्वीकृत नभएपनि अमेरिकामा बस्न अन्य प्रकारका सुविधाहरु प्राप्त गरेका छन् । यसरी एसाइलम आवेदन दिनेहरुमध्ये अधिकांशले आफूलाई माओवादी पीडित बताउँदै आवेदन दिएका थिए ।

आर्थिक बर्ष २०१८ मा मात्र अमेरिकी अध्यागमन अदालतबाट ६३७ नेपालीका एसाइलम आवेदनमा फैसला भएकोमा ४ सय ४ जनाको एसाइलम स्वीकृत भएको छ भने १४८ जनाको अस्वीकृत भएको छ । बाँकी ५ जनाले भने अन्य प्रकारको सुविधा प्राप्त गरेका छन् । त्यस्तै आर्थिक बर्ष २०१७ मा मात्र अमेरिकी अध्यागमन अदालतबाट ४१९ नेपालीका एसाइलम आवेदनमा फैसला भएकोमा ३ सय २० जनाको एसाइलम स्वीकृत भएको छ भने ९८ जनाको अस्वीकृत भएको छ । बाँकी १ जनाले भने अन्य प्रकारको सुविधा प्राप्त गरेका छन् ।

१८ बर्षको समग्र विवरण अनुशार अमेरिकी अदालतमा एसाइलमका आवेदनको फैसला हुनेमा नेपालीहरु विश्वमा नै १६ औं नम्बरमा रहेका छन् । १८ बर्षमा नेपालीहरुको भन्दा धेरै आवेदनको फैसला चीन, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, मेक्सिको, कोलम्बिया, होण्डुरस, भारत, इन्डोनेशिया, अल्बानिया, इथोपिया, अर्मेनिया, भेनेजुएला, रसिया र क्यामरुनका नागरिकको भएको छ ।

ट्रम्प कार्यकाल सुरु भइसकेपछि अमेरिकी अदालतबाट कुन महिनामा कति नेपालीका एसाइलम फैसला गरियो ? कतिले पाए ? कतिले पाएनन् ? हेर्नुहोस् हरेक महिनाको विवरण ।

यो तथ्यांकबारे कुनै जिज्ञासा भएमा खसोखासका प्रधानसम्पादक किशोर पन्थीलाई [email protected] मा सम्पर्क गर्न सकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com