आर्थिक बर्ष २०१९ को पहिलो २ महिनामा २१९० नेपालीलाई अमेरिकाको भिजिटर भिसा


प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार

आर्थिक बर्ष २०१९ को पहिलो २ महिना (सन् २०१८ को अक्टोबर र नोभेम्बर) मा २१९० जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका छन् । आर्थिक बर्ष २०१९ को पहिलो महिना अक्टोबरमा १११६ र नोभेम्बरमा १०७४ नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका छन् ।

यसरी अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरु विश्वभरका अमेरिकी दूतावासहरुमा भिसा आवेदन गर्नेहरु हुन् । काठमाडौंमा रहेको अमेरिकी दूतावासले भने अक्टोबरमा ८८० जनालाई भिजिटर भिसा जारी गरेको थियो । त्यस्तै नोभेम्बरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले ९०८ जनालाई भिजिटर भिसा प्रदान गरेको अमेरिकी सरकारको विदेशमन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

अक्टोबर महिनामामात्र अमेरिकाले विश्वभरबाट ६ लाख ९९ हजार २ सय ३५ जनालाई अमेरिकाको गैरआप्रवासी भिसा प्रदान गरेको छ । नोभेम्बरमा अमेरिकाको गैरआप्रवासी भिसा पाउनेहरु विश्वभरबाट ६ लाख ३४ हजार २२७ जना रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com