४० बढीलाई रोजगारी दिदै मासिक ४० लाखसम्मको अचार बेच्ने बसुमाया


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

नेपालमा अवसर छैन भनेर विदेशिनेहरुको लागि अथवा नेपालमै केहि गर्थे तर लगानी छैन भन्नेहरुको लागि बसु माया तामाङ राम्रो उदाहरण हुन सक्छिन । जसले नेपाली मन उद्योग सञ्चालन गरेर ४०-५० भन्दा बढि महिलाहरुलाई प्रत्यक्ष रोजगारी दिईरहेकी छिन् ।

उनको उद्योगबाट टिमुरको छोप तथा विभिन्न थरिका अचारहरु उत्पादन हुँदै आईरहेका छन् । यी उत्पादनहरु अमेरिका, जापान, यू.के लगायतका देशहरुमा निर्यात हुँदै आईरहेको छ । उनको मासिक विक्री नै १२ – १५ लाख देखि ३० – ४० लाखसम्म हुँदै आईरहेको छ । तर उनको यो सफलता त्यतिकै आएको भने होईन ।

उनी जागिरको लागि कैयँौ कार्यलयहरु धाइन , खोलाबाट बालुवा बोकिन, उन काटिन, पानीपुरी बेचिन, ठेलामा मम बेचिन तर भनेजस्तो सफलता कतै हात लागेन । अन्त्यमा १ किलो टिमुरको छोपबाट सुरु भएको उनको यो व्यापारले आज उनलाई ठुलो सफलता दिलाईसकेको छ भने धेरै मान्छेहरुको लागि उनी उदाहरण पनि बनेकी छिन् ।

विस्तृत विवरण र उनको धारणा हामी तलको भिडियोमा हेर्न सक्छौँ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com