लोगोको सम्मान कि अपमान ?
प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार
रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि चौधरीले सांसद् पदको सपथ ग्रहण गराइएको छ । चौधरीले सपथ ग्रहण गरे लगत्तै फेरि डिल्लीबजार कारागार चलान गरिएको छ ।
डिल्लीबजार कारागारमा पुर्पक्षका लागि राखिएका चौधरीलाई प्रहरीले सपथको लागि सिंहदरबारस्थित संघीय संसद सचिवालयमा पुर्याएको थियो।
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचित रेशम चौधरीलाई संघीय संसद सचिवालयमा सभामुख कृष्णबहादुर महराले सपथ ग्रहण गराएका थिए।
संसदीय इतिहासमै यसरी पहिलो पटक कारागारमा बसेकालाई सांसदको लोगो दिएको हो
टीकापुर हत्याकाण्डका आरोपी चौधरी प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर – १ बाट निर्वाचित भएका थिए। ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरू हट आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठजना सुरक्षाकर्मी मारिएका थिए।
यो घटनामा मुख्य योजनाकारका रूपमा प्रहरीले चौधरीलाई लिएका छन्।






