पत्रकार डण्ड गुरुङको ‘निरन्तर नेतृत्व’ प्रधानमन्त्रीबाट विमोचन


प्रकाशित मिति : पुस १५, २०७५ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’ को विमोचन गरेका छन् ।

तमू ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले पुस्तकले समाजका लागि सकारात्मक सन्देश दिने बताए । समाजमा लेखेर योगदान दिने काममा अझ अग्रसर हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

बेलायतमा तमूहरुले सामाजिक संस्थाको रुपमा स्थापना गर्नका लागि गरेको संघर्ष पुस्तकमा समेटिएको छ । पुस्तकमा तमु धिं युकेको हालसम्मको आठ नेतृत्वको अनुभवलाई समेटिएको छ ।

पुस्तकमा तमुधिं युके स्थापनाको १८ वर्षको संघर्ष र सफलता समेटिएको छ । प्रवासमा रहेर पनि समाजसेवामा पुर्‍याएको योगदान र मानवीय सहयोगका लागि तमुधिंले खेलेको भूमिकालाई पुस्तकको मुख्य विषयवस्तु बनाएको पत्रकार गुरुङले जानकारी दिए ।

यसैबीच, उक्त पुस्तक ल्होछारको अवसरमा बेलायतमा पनि आइतबार नै विमोचन भएको छ । गण्डकी प्रदेशका योजना तथा अर्थ मामिलामन्त्री किरण गुरुङले बेलायतको रेडिङमा तमुधिं युकेले आयोजना गरेको ल्होछार समारोहमा विमोचन गरेका हुन् । पुस्तक २३२ पृष्ठको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com