२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
मनोरञ्जन

जनबरी २० मा ‘भैरे’ न्युयोर्कमा

चलचित्र ‘भैरे’ जनबरी २० न्युयोर्कमा प्रदर्शन गरिने भएको छ । न्युयोर्कको फ्लसिंगमा रहेको बम्बे थियटरमा दिउसो २ बजे चलचित्र भैरै देखाइने चलचित्रका नायक बिक्रान्त बस्नेतले जानकारी दिए ।

उनका अनुशार चलचित्र भैरे अन्य शहरहरुमा पनि प्रदर्शन गरिनेछ । सनम माया लाको र सान्नानीलाई भेट्न आउँदा जस्ता सुपरहित गीतहरु रहेको चलचित्र भैरेले नेपालमा पनि राम्रै ब्यापार गर्न सफल भएको थियो ।

माथिल्लो मुस्ताङ्ग, स्याङ्गजा, पर्वत र पोखरा लगायतका मनमोहक स्थानमा छायांकन गरिएको चलचित्रका निर्देशक एभरेष्ट सूर्य बोहरा हुन् । अग्नी परिक्षा, कान्छा, मुटु, ठूली जस्ता चलचित्रहरुको निर्देशन गरिसकेका बोहराले भैरेको कथा समेत लेखेका हुन् ।

चर्चित कलाकार दयाहाङ्ग राईले अभिनय गरेको चलचित्र भैरेमा अमेरिका निवासी कलाकार बिक्रान्त बस्नेतको पनि अभिनय रहेको छ । चलचित्रमा सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग,सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

चर्चित गायक यम बराल र अन्जु पन्तको स्वरमा रहेको भैरै चलचित्रको गीत सनम माया लाको युट्युबमा मात्र ५१ लाख पटक हेरिसकिएको छ । यम बराल, बसन्त सापकोटा र मेलिना राईको स्वरमा रहेको सान्नानीलाई भेट्न आउदा गीत पनि युट्युबमा मात्र ४३ लाख पटक हेरिएको छ ।

चलचित्रका निर्माता प्रेम प्रसाद पौडेल, देवीमाया अधिकारी र सविता गुरूङ हुन् । करुणाकर घिमिरे, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत फिल्मका सहनिर्माता हुन् भने निर्माणमा कृष्णराज काफ्लेको पनि सहभागिता छ । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा द्वन्द्व निर्देशन सूर्य थोक्करले गरेका छन् । पुरुषोत्तम प्रधानले चलचित्रको को सम्पूर्ण दृश्य खिचेका छन् ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →