ट्रम्पको कार्यकारी आदेशपछि युएससीआईएस बन्द


प्रकाशित मिति : पुस ९, २०७५ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सोमबार अमेरिकाका सबै संघीय विभाग र एजेन्सीहरु बन्द हुने घोषणा गरेपछि युएससीआईएसका सबै कार्यालयहरु बन्द भएका छन् । ट्रम्पको कार्यकारी आदेशमा सोमबार सबै संघीय कर्मचारीहरुलाई बिदा दिइएको छ ।

डिसेम्बर २४ का लागि तय भएका सबै नागरिकता वितरण समारोहहरु, अन्तरवार्ता र अप्वाइन्टमेन्टहरु अर्को मितिमा तय गरिने युएससीआईएसले जनाएको छ । सोमबारका लागि बायोमेट्रिक अप्वाइन्टमेन्ट रहेका आवेदकहरुले तीनसाताभित्र नयाँ मितिका लागि सुचना प्राप्त गर्ने युएससीआईएसले जनाएको छ ।

युएससीआईएसको सम्पर्क केन्द्र भने न्युयोर्क समय अनुशार राती ९ बजेसम्म खुल्ला रहनेछ । तर प्रत्यक्ष सहयोग भने सिमित गरिएको छ । अमेरिकी अध्यागमन सेवाबारे सामान्य जानकारी र आफ्नो आवेदनबारे कुनै जिज्ञासा भएमा युएससीआईएसको आधिकारिक वेवसाइट हेर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्रिसमसको पूर्वसन्ध्यामा विदाको घोषणा गरिएकाले अब सबै संघीय कार्यालयहरु बुधबारमात्र खुल्नेछन् । शनिबारदेखि सुरु भएको लामो सप्ताहन्त यसपटक ४ दिन कायम रहनेछ ।

ट्रम्पको कार्यकारी आदेशको पूर्ण पाठ यहाँ पढ्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com