नेपालको टीपीएस खारेज गर्ने निर्णयको तुरून्त अनुसन्धान गर्न माग, ८० अमेरिकी सांसदबाट सरकारलाई पत्र


प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार

अमेरिकी सरकारले नेपालको टीपीएस खारेज गर्ने निर्णय गरेकोमा उक्त निर्णयको तुरून्त अनुसन्धान गर्न माग गर्दै ८० जना अमेरिकी सांसदहरूले सरकारलाई पत्र बुझाएका छन् । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका ८० जना सदस्यहरूले नेपालको टीपीएस खारेज गर्ने सरकारी निर्णयको अनुसन्धान गर्न माग गरेका छन् ।

अमेरिकी सांसदहरूले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यकारी इन्सपेक्टर जनरललाई पत्र लेखि अबिलम्ब अनुसन्धानको माग गरेका छन् । उनीहरुले सुडान, निकारागुवा, हैटी, एल साल्भाडोर र निकारागुवाको टीपीएस खारेज गर्ने सरकारी निर्णयबारे पनि अनुसन्धानको माग गरेका छन् ।

११८ संघ संस्थाहरुले पनि टीपीएस खारेजीको अनुसन्धानको माग गर्दै अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका सदस्यहरुको ध्यानाकर्षण गराएका थिए । जसमा नेपाली र नेपालीभाषीको अधिकारका लागि कृयाशिल संस्था अधिकार पनि सहभागी रहेको थियो ।

अमेरिकी सरकारले नेपालीका लागि दिएको टीपीएस आगामी जुन २४ मा सकिदैछ । त्यसपछि अमेरिकामा रहेका कैयन नेपालीहरूले देश निकालाको सामना गर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका ८० जना सदस्यहरूले नेपालको टीपीएस खारेज गर्ने सरकारी निर्णयको अनुसन्धान गर्न माग गर्दै लेखेको पत्र ।

११८ संघ संस्थाहरुले पनि टीपीएस खारेजीको अनुसन्धानको माग गर्दै अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका सदस्यहरुको ध्यानाकर्षणपत्र ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com