मेरिल्याण्ड राज्य सरकार सञ्चालन कमिटिमा ह्यारी भण्डारी चयन


प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार

अमेरिकाको मेरिल्याण्ड जनरल एसेम्वलीका सभामुखको अफिसले डिष्ट्रिक आठवाट निर्वाचित हयारी भण्डारीलाई सरकार सञ्चालन तथा स्वास्थ्य समिति (हेल्थ एण्ड गभरमेन्ट अपरेशन)को सदस्यमा नियुक्त गरेको छ । यो समितिले मेरिल्याण्ड राज्य सरकारको सञ्चालनको विभिन्न पाटाहरु तथा नागरिकको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य सम्वन्धि कानून तर्जुमा र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

हाउसमा पाँच वटा मुख्य कमिटिहरु हुन्छन् । त्यस मध्ये यो कमिटि मुख्य मानिन्छ ।

यो समितिले गर्ने अन्य कामहरुमा राज्य सरकारको निकायहरुको समन्वय र सञ्चालनमा हाउसले गर्ने विभिन्न कार्यहरुको लागि कानून वनाउन उक्त कमिटिले पास गरेपछि मात्र हाउसमा प्रवेश गरि आवश्यक प्रक्रिया पूरा गरि नीति नियम वन्नेछ । साथै उक्त समितिले प्रशासनिक कानून , खरीद, मानव संशाधन, रियल स्टेट तथा व्यक्तिगत सम्पत्ति सम्वन्धि कानून तर्जुमा गरी कार्यान्वयनमा पठाउने पनि गर्दछ ।

यसै गरि स्वास्थ्य सम्वन्धि सरोकार राख्ने स्वास्थ्य सुविधा,उत्पादन र उपकरण ,दीर्घकालीन स्वास्थ्य सेवा,स्वास्थ्य विमा,स्वास्थ्यकर्मीहरुको सेवा, त्यस सम्वन्धि अनुसन्धान गर्ने निकायहरुलाई अनुगमन,समन्वय र सहयोग गर्ने सम्वन्धि कानून समेत सोही समितिले गर्ने गर्दछ । स्मरणीय छ, स्वास्थ्य सम्वन्धि अध्ययन र अनुसन्धानमा मेरिल्याण्डका विश्वविद्यालय तथा स्वास्थ्य संस्थाहरु विश्व कै अग्रणी संस्थाको रुपमा लिईन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेरिल्याण्डमा ठूला सत्तरी वटा विश्वविख्यात अस्पताल रहेका छन् । जसमध्ये जोन हपकिन्स विश्वविद्यालय विश्व कै उत्कृष्ट अनुसन्धान केन्द्र हो । यसमा नयाँ रोगको भ्याक्सिन र औषधिको आविष्कार गरिन्छ ।

३६ जना नोवेल पुरस्कार प्राप्त चिकित्सकहरुले उक्त अस्पतालमा काम गरिसकेका छन् ।भण्डारीले राज्यको महत्वपूर्ण कमिटिमा चयन भएपछि प्रतिक्रिया दिदै आफूलाई यसले जनताको जीवनमा परिवर्तन गर्ने काम गर्न थप उत्साहित वनाएको वताउनुभयो ।

भण्डारीको शपथ ग्रहण जनवरी ९ तारिखमा मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा हुँदैछ ।

साथै फ्रेण्डस अफ हयारी भण्डारीले आगामी जनवरी ६ तारिखमा एक भव्य कार्यक्रम गर्न लागेको जनाएको छ, यसमा सहभागिता जनाउन अनलाईन मार्फत नाम दर्ता गराउन गर्नुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com