एसाइलममा प्रतिबन्ध लगाउने ट्रम्पको आदेशमाथिको अन्तिम सुनुवाई बुधबार


प्रकाशित मिति : पुस २, २०७५ सोमबार

गैरकानुनी रुपमा सिमा पार गरेर आउनेहरुमाथि एसाइलममा प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमाथिबिरुद्धको मुद्दाको अन्तिम सुनुवाई बुधबार हुने भएको छ । सान फ्रान्सिस्कोका जिल्ला न्यायाधिस जोन टिगरले ट्रम्पको आदेश कार्यान्वयनमा स्थायी रोक लगाउने वा नलगाउने सन्दर्भमा फैसला गर्ने भएका छन् ।

गत नोभेम्बर ९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसाइलमबारेको आदेशको घोषणा गरेपछि न्यायाधिसले डिसेम्बर १९ सम्म उक्त आदेश कार्यान्वयनमा अस्थायी रोक लगाएका थिए । त्यसपछि सान फ्रान्सिकोको नाइन्थ सर्किट कोर्टमा ट्रम्प प्रशासनले आदेश कार्यान्वयनको माग गर्दै अपिल गरेको थियो । तर अपिल कोर्टले पनि जिल्ला न्यायाधिसकै फैसलालाई सदर गरेको थियो ।

अब ट्रम्प प्रशासन आदेश कार्यान्वयनको माग गर्दै अमेरिकी सर्बोच्च अदालतमा पुगेको छ । गत बुधबार ट्रम्प प्रशासनले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेमाथि एसाइलममा प्रतिबन्ध लगाउने आदेश कार्यान्वयनका लागि बाटो खोल्न सर्बोच्च अदालतलाई आग्रह गरिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नोभेम्बर ९ मा जारी ट्रम्पको कार्यकारी आदेश ९० दिनका लागिमात्र रहेकोमा त्यसको म्याद फेबु्रअरीको पहिलोसाता समाप्त हुनेछ । तर त्यो भन्दा अगाडि जिल्ला न्यायाधिस वा सर्बोच्चबाट ट्रम्पको आदेश कार्यान्वयन फुकुवा हुन्छ वा हुँदैन त्यो हेर्न बाँकी छ । यदि आदेश कार्यान्वयन फुकुवा भएमा भने कम्तीमा फरबरीको पहिलोसातासम्म गैरकानुनी रुपमा अमेरिका छिर्नेहरुले एसाइलम दावी गर्न पाउनेछैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com