ओलीको नयाँ प्रस्ताव, ‘५ विकास क्षेत्रलाई ५ प्रदेश बनाऔँ’


प्रकाशित मिति : पुस ७, २०७३ बिहीबार

काठमाडौँ – अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर–दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने बताएका छन् ।

आफूलाई भेट्न आएका पूर्वसांसद् क्लबका प्रतिनिधिहरुसँग बालकोट निवासमा बुधबार छलफल गर्दै ओलीले संघीयतामा मुलुक जाँदा पाँच विकास क्षेत्र नै उत्तम विकल्प हुने जिकिर गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

ओलीको भनाईमा समर्थन जनाउँदै पूर्व सांसद्हरुले पहिलो संविधानसभामा आफूहरुले मुलुक धान्न सक्ने चार प्रदेश कोसी, गण्डकी, कर्णाली र राजधानी मात्र भन्दै देशव्यापी जनमतको एकीकृत रिपोर्ट तयार गरेको जानकारी गराएका थिए । ओलीले सरकारले पेश गरेको संविधान संशोधनको विधेयक संसद्मा अल्पमतमा परिसकेको दाबी पनि पूर्वसांसद्हरुँग गरे ।

उनले एमाले नयाँ वा पुरानो दुवै स्थानीय चुनावका लागि तयार रहेको बताउँदै प्रधानमन्त्री नै निर्वाचन भाँड्न लागेको आरोप लगाए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com