लालपुर्जा सिरानीमा, जग्गा अर्कैको नाममा !


प्रकाशित मिति : पुस ७, २०७३ बिहीबार

काठमाडौँ – लालपुर्जा तपाइँको हातमा होाल । तर लापुर्जाको नक्कल लिई कतै दुई नम्बरी धन्दा गर्नेले तपाइँको जग्गा भित्रभित्रै बेचिरहेका त छैनन् । लालपुर्जा हातैमा छ भनेर ढुक्क नहुनुहोस्, किनभने जग्गा कतै मालपोत कार्यालयमा भित्रभित्रै कागज लिाएर तेस्रो पक्षसँग बेचिदिन पनि सक्छन् । बितेको एक सातामा चितवनमा २ वटा यस्ता घटना भएका छन् ।

मालपोत कार्यालयमा किर्ते काम गरी जग्गा किनबेच गर्नेको चहलपहल बढेको छ । बुधबार मात्रै मालपोत कार्यालयमा माडी कल्याण्डपुरको १ बिघा जमिन किनबेचमा एउटा गिरोह मालपोत पस्यो । तर कर्मचारीले जग्गा किनबेचमा आशंका राखी दुईवटा प्रश्न सोध्ने बित्तिकै ती व्यक्ति फरार भए ।

कर्मचारी उनीलाई खोज्न थाले तर मापोतको भीड छिचोल्दै ती व्यक्ति क्षणभरमै मालपोतबाट बाहिरिए । ‘झण्डै साढे दुई करोड पर्ने जग्गा भूमाफियाले बेच्ने तरखर गरेका रहेछन्,’ मालपोत कार्यालय भरतपुरका अधिकृत दिवाकर पौडेलले भने, ‘धन्न बेलैमा कर्मचारीले शंका गरेछन् र ठूलो घटना हुनबाट जोगियो ।’

घटना लगत्तै प्रहरीलाई खबर गरिएको र प्रहरीले ती व्यक्तिलाई खोजी गरिरहेको बताइएको छ । जग्गा किनबेच गर्दा बेच्ने भन्दा किन्ने पक्ष बढी सचेत हुनुपर्ने देखिएको पौडेल बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसै गरी चितवनको दारेचोक गाविसको एउटा जग्गा असम्बन्ति व्यक्तिmले आफ्नो नाममा पार्न लागि मालपोत आएकी थिइन् । ‘शंका लागेर गाविस सचिवलाई सोध्यौँ उनले भनेको जग्गा धनी र मालपोत आउने व्यक्ति फरक थिए,’ मापोत कार्यालयका सूचना अधिकृत हरिकृष्ण सुवेदीले बताए । सम्बन्धित जग्गाधनीलाई खबर गरेपछि उनी मालपोत आएर जग्गा आफ्नो नामम भएको किटान गरेर गएका छन् ।  लालपूर्जाको नक्कल, हस्ताक्षर चोरी, फोटो संकलन आदिबाट गिरोहले जग्गाधनीले थाहा नै नपाई जग्गा बेच्ने गरेका छन् ।
आजको कारोबार दैनिकमा खबर छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com