यस्ता छन् पाँच औंलाको मसाजबाट स्वास्थ्यमा हुने फाइदा


प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार

तपाईको बुढी औंलाको सम्बन्ध तपाईको मुटु र फोक्सोसँग हुन्छन्, मुटुको धड्कन असामान्य भएमा वा स्वास फेर्न गाह्रो भएमा बुढी औंला रगडेको खण्डमा लाभ मिल्छ ।

तपाईको चोर औंलाको सम्बन्ध तपाईका आन्द्रा र आमाशयसँग हुन्छ । पखाला वा कब्जियत भएमा चोर औंला रगड्नाले लाभ पुग्छ ।

तपाईको माझी औंलाको सम्बन्ध मुटु, रक्तसंचार, रगत, सानो आन्द्रा र स्वासप्रश्वाससँग हुन्छ, यो औंला रगड्ने, पड्काउने र तान्ने गर्दा रिंगटा लाग्ने, अनिद्रा वा बान्ता आउन खोज्ने समस्या समाधान हुन्छ । खासगरी यात्राका क्रममा त्यस्तो समस्या भएमा माझी औंला पड्काउने वा रगड्ने गर्नुपर्छ ।

तपाईको साईली औंलाको सम्बन्ध तपाईको मुडसँग शक्तिशाली रुपमा जोडिएको हुन्छ । यदि निराशाको अनुभव भएमा तपाईले तत्काल साईली औंला रगडेमा शान्ति र आनन्दको अनुभव गर्नुहुनेछ ।

तपाईको कान्छी औंलाको सम्बन्ध तपाईको मृगौलासँग हुन्छ । घाँटीको मांसपेशी दुखेमा र टाउको दुखेमा समेत कान्छी औंला रगडेमा तुरुन्तै आनन्दको अनुभव हुन्छ ।

यी सामान्य स्वास्थ्य जानकारीमात्र हुन् । कुनै स्वास्थ्य समस्या भएमा चिकित्सकको सल्लाह लिनुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com