Follow @khasokhasmag

नक्कली ‘हिसिला’ कांग्रेसमा प्रवेश


प्रकाशित मिति : पुस ६, २०७३ बुधबार

हास्य श्रृंखला तितोसत्यमा नक्कली हिसिला यमीको भूमिका निर्वाह गरेर चर्चामा आएकी विपना बस्नेत नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । उनी सहित एक दर्जन कलाकारलाइ कांग्रेस सभापति शेरबहादुर देउवाले अाज आफ्नै निवास बुढानिलकण्ठमा एक कार्यक्रमका बीच  पार्टीमा स्वागत गरेका हुन ।

कांग्रेसमा प्रवेश गर्ने कलाकारहरुमा बस्नेतसहित अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगडी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चर्चित गायक युबराज चौलागाँई, अभिनेत्री रिस्ता बस्नेत, अभिनेत्री नम्रता योगी, नृत्य निर्देशक पुर्णम राई, मोडल प्रतिक्षा खड्का र अर्की  रन्जु सुनामलगायत रहेका छन् ।

उनीहरुलाई पार्टीमा स्वागत गर्दै देउवाले कांग्रेसले कलाकारलाई पार्टीमा उचित भूमिका र प्राथमिकता दिने बताए । यस्तै विकास बोर्डका अध्यक्ष राजकुमार राईले कलाकार राष्ट्रको गहना मात्रै नभएर पार्टीमा पनि लाग्नुपर्ने बुझेर आफूहरु कांग्रेसमा प्रवेश गरेको बताए ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com