आप्रवासी बालबालिकालाई स्पोन्सर गर्ने १७० जना आइसबाट पक्राउ


प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार

अमेरिकामा विनाभिसा प्रवेश गरेका १८ बर्ष मुनीका आप्रवासीहरुलाई स्पोन्सर गर्ने १ सय ७० जनालाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले पक्राउ गरेको छ । जुलाई अन्त्यदेखि नोभेम्बरको अन्त्यसम्म हिराशतमा रहेका बालबालिकाहरुलाई स्पोन्सर गर्ने उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ परेकामध्ये १ सय ९ जनाको कुनै आपराधिक रेकर्ड समेत नभएको जनाइएको छ । तर उनीहरु गैरकानुनी रुपमा अमेरिका छिरेको आशंका गरिएको छ । अरु ६१ जनाको भने आपराधिक रेकर्ड समेत रहेको आइसले जनाएको छ ।

अभिभावकविना अमेरिका छिरेका बालबालिकाहरुलाई स्पोन्सर गर्नेहरुको पृष्ठभूमि परिक्षणका क्रममा उनीहरुको कागजपत्र नभएको पत्ता लागेपछि पक्राउ गरिएको जनाइएको छ । अभिभावक विना अमेरिका प्रवेश गरेका बालबालिकाहरुलाई उचित स्पोन्सर नभेटिएसम्म डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले राख्नुपर्ने प्रावधान रहेको छ ।

अमेरिकामा विना अभिभावक आफै प्रवेश गरेका बालबालिकाहरुलाई प्रायजसो उनीहरुका आफन्तहरुले स्पोन्सर गर्दै आएका छन् । तर त्यस्ता आफन्तहरु कागजपत्रविहिन भएपनि स्पोन्सर गर्न पाउँछन् । यसअगाडि उनीहरु कागपत्रविहिन रहेको पत्ता लगाएर आइसले नियन्त्रणमा लिने नगरेको भएपनि अहिले भने उनीहरु कागजपत्रविहिन भएको पत्ता लगाएर पक्राउ गर्न थालिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com