नेपाल आइडलकी अस्मिता आफूले नर्सिङ्ग पढेको नेपाल मेडिकल कलेज पुगेपछि…


प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार

नेपाल आइडलको टप चारमा पर्न सफल झापाकी अस्मिता अधिकारी र वरिष्ठ स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. भोला रिजालले एउटै स्टेजमा सँगै गीत गाएका छन् । नेपाल मेडिकल कलेज जोरपाटीबाटै नर्सिङ अध्ययन सकेकी अधिकारीलाई स्वागत गर्ने क्रममा रिजाल र अधिकारीले सँगै गीत गाएका हुन ।

‘ए कान्छा मलाई सुनको तारा खसाई देऊ’ नामक गीत दुवैले गाएका हुन । जुन गीत नर्सिङ अध्ययनका क्रममा ६ वर्ष अगाडी कलेजकै कार्यक्रम डा. रिजाल र अधिकारीले स्टेजमा सँगै गाएका थिए । रिजालले मङ्गलवार स्वागत कार्यक्रममा भने, ‘अस्मिता र मैले कलेजकै कार्यक्रममा सँगै गाएको गीत छ । जुन गीत आज पनि सँगै गाउँने छौँ ।’

डा. रिजालले अस्मिता अधिकारी कला र गलाले भरिपूर्ण भएको बताएका छन । ‘अस्मिता कुनै चानचुने गायक हैन रिजालले भने, नेपालको नम्बर वान गायीका हो । अस्मिता नर्स मात्रै हैन । नेपाल मेडिकल कलेजको सदस्य पनि हो । उसलाई नेपाल आइडल बनाउनु हाम्रो कर्तव्य हो।‘

कार्यक्रममा नेपाल आइडलको टप चार मा पुग्न सफल अधिकारीले आफ्नो नर्सिङ पेसालाई नछाड्ने बताईन । मेरो सानै देखिको चाहना नर्स र गायीका बन्ने थियो । आज दुवै पुरा भएको छ । म नर्सिङ पेसा र गायन क्षेत्रलाई सँग सँगै अगाडी बढाउने छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com