मलेसियामा दैनिक एक नेपालीको मृत्यु


प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार

वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारमध्ये दैनिक एकजनाको मृत्यु हुने गरेको छ। आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना तथा कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ।

मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ मा हालसम्म ३२२ को  मृत्यु भएको छ। यो सङ्ख्या सन् २०१७ मा ३६४ रहेको थियो। कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार सन् २०१८ मा सबैभन्दा बढी आत्महत्या गरी ४३ जना, सडक दुर्घटनाबाट २५ जना, कडा रोगका कारण ३९ जना र औद्योगिक दुर्घटनाका कारण १७ को मृत्यु भएको छ।

सुतिरहेको अवस्था, मदिरा सेवा, आपसी झगडाजस्ता विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या १९८ रहेको छ। मृत्यु हुनेमा एक जना महिला र बाँकी सबै पुरुष छन्। सन् २०१७ मा मृत्यु भएकामध्ये ६५ जनाले आत्महत्या गरेका थिए।

कडा रोगका कारण ६३ को मृत्यु भएको थियो भने सडक दुर्घटनामा २७ र औद्योगिक दुर्घटनामा परी १४ को मृत्यु भएको थियो। अन्य कारणले मृत्यु हुनेको सङ्ख्या १९५ रहेको थियो। पछिल्लो तथ्याङ्कअनुसार मलेसियामा तीन लाख ८३ हजार नेपाली कामदार रहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रवेशाज्ञाको मिति सकिएर लुकेर काम गर्नेको सङ्ख्या एक लाख हाराहारी रहेको अनुमान गरिएको खरेलले बताए। रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com