विवाह पञ्चमी महोत्सव : आज पाँचौ दिन मटकोर अर्थात् सीतालाई नुहाउने कार्यक्रम


प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार

 प्राचीन मिथिला र हाल प्रदेश २ को राजधानी जनकपुरमा आयोजना भइरहेको सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज पाँचौ दिन मटकोर कार्यक्रम हुँदैछ।

महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ। आज मटकोर र छैटौं दिन भोलि राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ।

त्रेता युगमा जनकपुत्री सीताले विवाह गर्नुअघि माटो खनेको किंवदन्तीलाई मटकोर विधि भन्ने गरिन्छ। पाँचौ दिन मनाइने मटकोर विधिमा प्रतीकात्मक सीतालाई नुहाउने कार्य गरिनेछ भने त्यसै समय औकरी (पानीमा भिजाएको चना) बाँड्ने कार्य गरिनेछ।

मटकोर कार्यक्रम जनकपुरधामको पहिचानको रुपमा स्थापित प्रसिद्ध सरोवर गंगासागरमा गरिँदै छ। मटकोर कार्यक्रम हेर्नकै लागि अहिले हजारौं श्रद्धालु जनकपुर आएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भगवान् रामको पक्षबाट राम मन्दिरका महन्त र सीताको पक्षबाट जानकी मन्दिरका महन्त अभिभावकको भूमिकामा देखिएका छन्।

विशेष भोजको आयोजना
जनकपुरधाममा जारी विवाह पञ्चमी महोत्सवमा सहभागी हुनका लागि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी अदित्यनाथ यसपटक अयोध्याका जन्तीको नेतृत्व गर्दै भोलि विषेश विमानवाट जनकपुरधाम आउँदैछन्।

जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका तथा प्रदेश सरकारले उनको भव्य स्वागत गर्ने तयारी गरेको छ। प्रदेश २ सरकारले जनकपुरधाममा रहेको मधेस भवनमा योगीको स्वागत तथा दिउँसोको भण्डारा (विशेष भोज) का लागि तयारी गरेको हो।

भण्डारमा ३६ परिकारहरु खुवाउने कार्यक्रम रहेको छ। यसका लागि दुई सातादेखि प्रदेश सरकार त्यसको तयारीमा जुटेको छ।

त्यसैगरी प्रदेशको ८ वटै जिल्लाका छुट्टाछुट्टै सांस्कृतिक टोलीले भण्डाराको आकर्षक मञ्चमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com