हिम्मतवालाका नायकको योजनामा मानव तस्करी


प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार

एक वर्षअघि अमेरिका हिँडेका युवाहरु बाटोमै जेल परेका छन् । उनीहरुले २ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम सिध्याएका छन् र एकवर्षमा ७ महिना त जेल परेका छन् ।

डोल्पाका २२ वर्षीय नरेन्द्र घर्तीमगर १ असोज २०७४ मा अमेरिका जान हिँडे । ४८ लाख ५० हजार रुपैयाँ सिध्याए । भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाइटी हुँदै क्यारेबियन मुलुक टिटस आइल्याण्ड पुगे । त्यहाँ ७ महिना जेल परे ।

यस्तै, रोल्पाका ३१ वर्षीय शेरबहादुर घर्ती सोही जेलमा ७ महिना बसे । ४७ लाख २३ हजार रुपैयाँ सकियो । रोल्पाकै २३ वर्षीय भीमप्रसाद बाठामगर र बमबहादुर डाँगी तथा दाङका मोहम्मद जावेदको पनि यही अवस्था भयो । उनीहरुलाई अमेरिका लैजान्छु भन्ने रुकुमका २१ वर्षीय विश्व बाठा मगर, पर्वतका शिव शर्मा बास्तोला, बाग्लुङका जगन्नाथ कँडेलले ठगेका हुन्, गिरोहका मूल नाइके हिम्मतवाला चलचित्रमा नायक बनेका सुदर्शन गौतम हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com