‘शिक्षा बदलौं, जीवन बदलिन्छ’ : मन्त्री बिना मगर


प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार

खानेपानी मन्त्री बिना मगरले विभेदकारी शिक्षाको अन्त्य गर्न योजनावद्ध रुपमा कार्यक्रमहरु ल्याउनुपर्ने बताएकी छिन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा अवस्थित श्री जन कल्याण उच्च माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सब कार्यक्रमको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले विभेदकारी शिक्षाको अन्त्य हुनुपर्ने बताएकी हुन् ।

सरकारले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गरेको बताउँदै उनले गुणस्तरीय शिक्षाको माध्यमबाट नै राष्ट्र निर्माणको निम्ति दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औल्याइन् ।

उनले भनिन्, ‘अहिलेको शिक्षा नीतिलाई परिमार्जन गरेर अघि बढ्नुपर्ने चुनौती छ । विद्यार्थीको क्षमता अनुसारको पठनपाठनमा सुधार गर्नुपर्ने जरुरी छ । शिक्षा बदल्ने सके जीवन बदलिन्छ । त्यसका लागि सबै लागौं, सरकार पनि गम्भिरतापूर्वक लाग्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूले अध्ययन गरेको विद्यालयको वार्षिकोत्सब कार्यक्रममा सहभागी हुन कञ्चनपुर पुगेकी मन्त्री मगरले विद्यालयले भोग्नुपरेको विविध समस्याको समाधान गर्न आफू सधैं तत्पर रहेको बताइन् । विद्यालयको स्तर उन्नतिका निम्ति आफ्नो तर्फबाट पूरा सहयोग रहने उनको प्रतिवद्धता थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com