क्युबामा रहेको युएससीआइएस कार्यालय स्थायी रुपमा बन्द


प्रकाशित मिति : मंसिर २४, २०७५ सोमबार

क्युबाको हवानामा रहेको युएससीआईएसको कार्यालय स्थायी रुपमा नै बन्द गरिएको छ । डिसेम्बर १० देखि हवानामा रहेको युएससीआईएसको कार्यालय बन्द गरिएको युएससीआईएसले जनाएको छ ।

क्युबामा रहेकाहरुको र हवानाको कार्यालयले हेर्दै आएका आवेदनहरु अब मेक्सिकोको मेक्सिको सिटीमा रहेको युएससीआईएसको फिल्ड अफिसले नै हेर्ने भएको छ । हवानाको फिल्ड अफिसले सम्हाल्दै आएका कतिपय कामहरु अब हवानामा रहेको अमेरिकी विदेशमन्त्रालयले सम्हाल्नेछ ।

सन् २०१७ को नोभेम्बर देखि हवानाको अमेरिकी दूतावासले भिसा सेवा लगभग पूर्णरुपमा नै बन्द गर्दै आएको छ । अमेरिकी विदेशमन्त्रालय र युएससीआईएसले कन्सुलर र अन्य सेवा संचालनका लागि वैकल्पिक स्थानहरु खोजिरहेको जनाएको छ ।

वैकल्पिक व्यवस्थाबारे युएससीआईएसले छिट्टै जानकारी दिने जनाएको छ । क्युबामा रहनेहरुका आवेदन वा क्युबामा रहनेहरुका लागि फाइल गरिएका आवेदनका आवेदकका लागि युएससीआईएसले छुट्टै निर्देशिका समेत जारी गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com