चिनियाँ रेल काठमाडौं ल्याउन छलफल शुरु
प्रकाशित मिति : मंसिर २४, २०७५ सोमबार
सरकार र उच्चस्तरीय चिनियाँ टोलीबीच केरुङ–काठमाडौं रेलमार्गबारे छलफल सुरु भएको छ ।
चिनियाँ उच्चस्तरीय सरकारी टोली र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव सहितको नेपाली पक्षबीच छलफल सुरु भएको हो ।
बैठकमा केरुङ काठमाडौं रेलमार्गको डीपीआर कसरी बनाउने भन्ने मोडालिटीका विषयमा छलफल हुने भौतिक पूर्वाधार मन्त्रालयले बताएको छ ।
छलफल भौतिक पूर्वाधार तथा यायातात मन्त्रालयमा बसिरहेको छ । यो छलफलले डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) बनाउन लाग्ने खर्च कसले बेहोर्ने भन्ने पनि टुंगो लगाउने मन्त्रालयले बताएको छ ।
साथै चिनियाँ टोलीले पोखराको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।






