फेवातालामा डुंगा डुब्दा काठमाडौंका एक युवक वेपत्ता


प्रकाशित मिति : मंसिर २४, २०७५ सोमबार

फेवातालमा डुंगाबाट खसेर एक युवा बेपत्ता भएका छन्। सोमबार बिहान फेवातालमा बोटिङ गरिरहेका काठमाडौंका रोजन श्रेष्ठ डुंगाबाट डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट दिदी सँग पोखरा घुम्न आएका श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ।

दिदी भाइ फरक फरक डुंगामा रहेका बेला भाइ चढेको डुंगा पल्टिएको थियो।

श्रेष्ठको खोजीका लागि आर्मी, प्रहरी, सशस्त्र प्रहरीलगायत उद्धार टोली परिचालन भएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com