द भ्वाइस अफ नेपाल फाइनल: टिकटको मूल्य १५ सयदेखि ३१ हजारसम्म


प्रकाशित मिति : मंसिर २४, २०७५ सोमबार

आगामी डिसेम्बर १४ तारिखमा कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा हुन लागेको द भ्वाइस अफ नेपालको ग्रान्ड  फिनालेको सम्पुर्ण तयारी पुरा भएको आयोजकले संस्थाले बताएको छ।

ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एण्ड यती इभेण्ट म्यानेजमेण्टले कार्यक्रमको आयोजना गर्न लागेको हो। आयोजक प्रवीण गुरुङ एनआरएनए आईसिसि मध्यपुर्व क्षेत्रीय उपसंयोजक हुन् भने, अर्का आयोजक डिल्लीकला थपलीया ब्यावसायी हुन्। त्यसैगरी आयोजक टोलीमा रहेका मनोज श्रेष्ठ एनआरएनए आइसीसी सदस्य हुन्।

आयोजकले फिनाले कार्यक्रकको विषयलाई लिएर कतार स्थित विभिन्न संघसस्थाका पदाधीकारीसँग छलफल गरिसकेको छ। अहिले देखि नै कतारमा टिकट बिक्री खुल्ला गरिएको छ। टिकट शुल्क कतारी रियल ५० देखि १ हजार रियल अथार्त १५ सय नेपाली देखि ३१ हजार रहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com