‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ गाउँदै श्रीयाले जितिन् सबैको मन (भिडियो)


प्रकाशित मिति : मंसिर २४, २०७५ सोमबार

कान्तिपुर एचडीबाट प्रसारण भइरहेको गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सेमिफाइनलमा पुगेको छ । द भ्वाइस अफ नेपालमा टिम सनुपबाट विद्या तिवारी र सप्तक दूतराज, टिम दीपबाट सिडी विजय अधिकारी र विवेक वाइबा लामा, टिम अभयाबाट श्रीया राई र कुशल आचार्य र टिम प्रमोदबाट सुशील गर्तौला र श्रिजे थपलिया टप ८ मा छनोट भएका छन्।

शनिबार प्रसारित द भ्वाइस अफ नेपालको २९ औ एपिसोडमा टिम अभयाबाट दोस्रो प्रस्तुति लिएर आएकी थिइन् श्रीयाराई। चर्चित गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’मा आफ्नो प्रस्तुति दिएकी श्रीयाले कोच र दर्शकको मन जितिन्।

हेर्नुस् भिडियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com