ईन्डोनेशियामा रोहित उत्कृष्ट खेलाडी घोषित
प्रकाशित मिति : मंसिर २४, २०७५ सोमबार
राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द ईन्डोनेशियाको लिग वानमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । पर्सिजा जाकर्तालाई लिग च्याम्पियन बनाउन महत्वपुर्ण भूमिका खेलेका रोहितले मोस्ट भ्यालुएभल प्लेयर्स अर्थात उत्कृष्ट खेलाडीको उपाधि पाए ।
दक्षिण एसियाली क्षेत्र बाहिर लिग जित्ने रोहित पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि किरण लिम्बुले माल्दिभ्सबाट लिग जितेका थिए ।
रोहितको उत्कृष्ट प्रर्दशनसंगै पर्सिजाले लिग वानको उपाधि उचालेको हो । लिग चरणको अन्तिम खेलमा समेत उनी प्लेइंग सेटबाटै खेलेका थिए । अन्तिम खेल जित्नैपर्ने गणीतिय समिकरणमा पर्सिजाले महत्वपुर्ण ३ अंक हात पारेको थियो ।
रोहितले ईन्डोनेशियाको जाकार्ता क्लबबाट व्यवसायीक फुटबल खेल्दै आएका छन् ।






