अब अमेरिकामा एसाइलम गर्नेलाई शुल्क लिने तयारी


प्रकाशित मिति : मंसिर २४, २०७५ सोमबार

अमेरिकामा अहिलेसम्म निशुल्क रहेको एसाएलम आवेदनका लागि ट्रम्प प्रशासनले शुल्क लिने तयारी गरिरहेको छ । अब अमेरिकामा विभिन्न भिसामा आएर एसाइलम फाइल गर्नेहरुलाई आवेदन शुल्क लिने तयारी गरिएको छ ।

ट्रम्प प्रशासनले हरेक आवेदनका लागि ५० डलर शुल्क लिने तयारी गरेको हो । तर पोर्ट अफ इन्ट्रीमा एसाइलम दावी गर्नेहरुका लागि भने शुल्क नलाग्ने जनाइएको छ । युएससीआईएसमा एसाइलम फाइल गर्नेहरुका लागि शुल्क लगाउने तयारीको अध्यागमन अधिकारकर्मीहरुले विरोध गरेका छन् ।

अमेरिकी सरकारको युएससीआईएसमा हाल ३ लाख एसाइलमका आवेदनहरु पेन्डिंग अवस्थामा रहेका छन् । गतबर्षमात्र १ लाख भन्दा धेरैले एसाइलमका आवेदन दिएका थिए । अमेरिकी सरकारको युएससीआईएसको मुख्य खर्च आवेदकको शुल्कबाट चल्दै आएको छ ।

अहिलेसम्म यो प्रस्ताव ड्राफ्टको रुपमा रहेको छ भने युएससीआईएसका अधिकारीहरुले यसबारे कुनै प्रतिकृया दिएका छैनन् । विश्वका प्राय देशमा एसाइलम आवेदन निशुल्क रहदै आएको छ । तर अमेरिकाले भने कुनै पनि वेभरको व्यवस्था नगरीकनै एसाइलम आवेदनमा शुल्क लिने तयारी गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com