संसदीय सुनुवाई विशेष समितिमा निलाम्बर आचार्य


प्रकाशित मिति : मंसिर २३, २०७५ आईतबार

भारतका लागि प्रस्तावित राजदुत निलाम्बर आचार्यले भारतसँगको सम्बन्धलाई आत्मीय बनाउन आफूले राजदुत हुन चाहेको स्पष्ट पार्नु भएको छ ।

आचार्यले नेपालको समृद्धिका लागि भारत अभिन्न अंग भएको उल्लेख गर्दै त्यसका लागि आफूले आत्मीय सम्बन्ध कायम राख्न कूटनीतिक पहल गर्ने कामलाई उच्च प्राथमिकता दिने पनि स्पष्ट पार्नु भयो ।

आईतबार संसदीय सुनुवाई विशेष समितिमा आफ्नो योग्यता, क्षमता र भावी योजनाबारे जानकारी दिँदै उहाँले अरु देशसँग सम्बन्ध विस्तार गर्दा भारतको कटौति हुने बुझाईलाई पनि आफूले अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले भारतसँगको सीमा समस्या समाधानमा पनि आफूले उत्तिकै ख्याल राख्ने स्पष्ट पार्नु भयो ।

भारतका लागि प्रस्तावित राजदुत आचार्यले भारतसँग नेपालको सीमा खुला भएपनि मन खुला नभएको पनि टिप्पणी गर्नु भयो । उहाँले मित्र राष्ट्रको हैसियतमा नेपालले भारतसँग विश्वास निर्माणका लागि खुला मनका साथ काम गर्ने वातावरण बनाउने विषयलाई आफूले प्राथमिकता दिने योजना सुनाउनु भयो । आचार्यले विगतमा भारतसँग भएको समझदारी कार्यान्वयनमा पनि आफूले जोड दिने स्पष्ट पार्नु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजदुत आचार्यले भारतसँगको सम्बन्धलाई अझै आत्मिय बनाउन आफूले नेपालका राजनीतिक नेतृत्वसँग आवश्यक परामर्श गरिरहने प्रतिवद्धता पनि संसदीय समितिमा पटक–पटक दोहो¥याउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले चीन र भारतसँगको सम्बन्धलाई सन्तुलित बनाउन भारतका लागि राजदुतमा प्रस्तावित आचार्यलाई सचेत गराएका थिए । समितिका सदस्य योगेशकुमार भट्टराईले भारत र चीनबीचको सम्बन्धलाई सन्तुलित बनाउन पहल गर्न आचार्यलाई सचेत गराउनु भयो ।

समितिका अर्का सदस्य पार्वत गुरुङले नेपाली जनताको भारतबिरोधि मनस्थिति अन्त्य गर्न आचार्यको गम्भिर ध्यानाकर्षण गराउनु भएको थियो ।

संसदीय सुनुवाई विशेष समितिका सदस्यहरुले भारतले नेपालमा हेपाहा प्रवृत्ति देखाउने गरेको भन्दै त्यसलाई रोक्न आवश्यक कूटनीतिक पहल गर्न आचार्य सफल हुने विश्वास पनि व्यक्त गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com