सडक कालोपत्रे गर्दा ठेकेदारको चरम लापरवाही , कालोपत्रे गरेको सडक कार्पेट झै उप्कियो…


प्रकाशित मिति : मंसिर २३, २०७५ आईतबार

तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित दुलेगौडा कोत्रे सडक खण्ड अन्तर्गत पृथ्वीराजमार्गमा गरिएको कालोपत्रेमा चरम लापरवाही भएको पाइएको छ ।गत आर्थिक वर्षमा रोशन सिद्ध गढि जेभीले गरेको कालोपत्रे गुणस्तरहिन भए को पाइएपछि सडक डिभिजिन कार्यालय तनहुँले पुन कालोपत्रेको लागि निर्देशन दिएको थियो ।कार्यालयको निर्देशन पश्चात पुन यो सडक खण्डमा कालोपत्रे गर्ने कार्य भैरहेको छ । नगरपालिकाको वडा न २ स्थित गाछेपानीमा पुन गरिएको कालोपत्रेमा पनि चरम लापरवाही भएको पाइएको हो । जेभीले विहिबार गरेको कालोपत्रे शुक्रबार विहान स्थानियहरुले सवारी गुड्दा हल्लिएको चाल पाए पश्चात निरिक्षणमा जुटेका थिए । स्थानियहरुले हातले नै कार्पेट झै कालोपत्रे उक्काएका थिए ।

उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।गाछेपानी का स्थानिय दुर्गा सापकोटाले कालोपत्रेमा लापरबाही गरेको दावि गरे । “अलकत्र हाल्न भन्दा पहिला पागो माटो रोडमा विछ्याइएको थियो, त्यसैमाथि अलकत्र हालेपछि कालोपत्रेको काम गुण स्तरहिन भयो ।” उनले भने ।यता कालोपत्रे गर्दा गुणस्तरहिन भएको जानकारी पाए पछि तत्काल पुन कालोपत्रे गर्न निर्देशन दिइएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख इन्जिनियर कर्ण खत्रीले जानकारी दिए । उनले यस अघि समेत निर्माण कम्पनीले गुण स्तरिय काम नगरेकाले कालोपत्रे बापतको भुक्तान रोक्का गरिएको बताए । उनका अनुसार जेभीले उक्त सडक मर्मत तथा कालोपत्रेको लागि २ करोड ७१ लाखमा आर्थिक वर्ष २०७४/०७५ मा ठेक्का पाएको थियो ।

यता निर्माण कम्पनीका साइड इन्चार्ज सन्तोष खड्काले काम गर्दा भएको कमजोरी भन्दै लापरबाही भने नभएको दावि गरे । “काम गर्दा कहिले काँही यस्तो हुन्छ तत्काल हामीले थाहा पाएका थियौँ तर अन्य स्थानमा कालोपत्रे गरिसके पछि उक्त स्थानमा पुन का लोपत्रे गर्ने तयारीमा थियौँ” खड्काले भने । उनले कालोपत्रे गर्दा माटोको प्रयोग भने नभएको दावि गर्दै कार्यस्थलमा रहेको आफुहरुको नभै कसैले ल्याएर राखेको हुन सक्ने बताए ।गत वर्ष भएको कालोपत्रे केही महिना पश्चात नै उक्किएपछि यस क्षेत्रका स्थानियह रुले धुवा धुलोको समस्याबाट आक्रन्त बनेका थिए ।यस सडक खण्डको देशको राजधानी र मुख्य पर्यटकिय शहर पोखरालाई जोड्ने प्रमुख मार्गको रुपमा लिइन्छ । सडकमा दैनिक हजारौँको संख्यामा सवारी साधनहरु गुड्ने गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com