सिरहाको ठाढीमा बम बिस्फोट हुँदा दुईजना घाईते भएको छ । भारतसंग सिमा जोडिएको भगवानपुर गाँउपालिका बडा नं. ४ ठाढीमा आज बम बिस्फोट हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधबराज खरेलले जानकारी दिएका छन् । बिस्फोटमा स्थानिय ३० वर्षीय ओमप्रकाश यादव र २६ वर्षीय संजय यादव घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि भारत तर्फ लगिएको प्रवक्ता खरेलले जानकारी दिए ।
गाउँको पुर्बी छेउमा रहेको बलान खोलामा शौच गर्न गएको बेला बेबारिसे अबस्थामा राखिएको झोलालाई उनीहरुले कोट्याउँदा विस्फोट भएको प्रहरीले जनाएको छ । पानपरागको बट्टामा बनाएको बम बिस्फोट भएको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताए । बिस्फोटबारे अनुसन्धान भईरहेको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।