मोबाइलबाटै भाडा तिर्न सकिने सुन्दर यातायातले अत्याधुनिक बिजुली बस ल्याउँदै


प्रकाशित मिति : मंसिर २३, २०७५ आईतबार

सुन्दर यातायात प्रालिले ३ वटा ठूला विद्युतीय गाडी ल्याउन लागेको छ।  चिनियाँ कम्पनी बिएकेले निर्माण गरेको उक्त बस चालकसहित ४५ सिट क्षमताको छ।

गाडीमा सिसि क्यामरा, जिपिएस, उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर र अपांगमैत्री रहेको सुन्दर यातायातले जनाएको छ।

भाडा लेनदेनमा कठिनाइ नहोस् भन्ने उद्धेश्यले सुन्दर यातायातले सुन्दर भेइकल पब्लिक रिचार्ज कार्डको व्यवस्था गर्न लागेको छ भने गाडीमा मोबाइलबाटै पैसा तिर्न मिल्ने प्रविधिसमेत रहेको सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए।

‘यो सँगै जेष्ठ नागरिक, अपांगहरूलाई सरकारले तोकेको बाहेक पनि सहुलियत दिने हाम्रो उद्धेश्य छ,’ थापाले सेतोपाटीसँग भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गाडीको टायर र स्प्रिङ पत्ता परिवर्तन गरी ग्राउण्ड क्लेयरेन्स २३० एमएम बनाउने  थापाले जानकारी दिए। कम्पनीले यो गाडीलाई ७ वर्ष वारेन्टी प्रदान गरेको छ।

यी गाडीमध्ये २ वटा रिङरोडमा र एउटा भित्री सडकमा चलाउने सुन्दर यातायातको लक्ष्य छ। ३ वटै गाडी ३० दिनभित्र आइपुग्ने थापाले जानकारी दिए।

‘धेरैमा ३० दिनभित्र आइपुग्छ र २ महिनाभित्र अरु १० वटा पनि आउँछ। ५०/६० वटा विद्युतीय गाडी ल्याउने हाम्रो लक्ष्य हो’  उनले भने।

यी गाडीको मूल्य करिब १ करोड ८७ लाख पर्ने सुन्दर यातायातले जनाएको छ।

विद्युतीय सवारीसम्बन्धी नियमावली नबनेको कारण व्यवसायीहरू लगानी गर्न आकर्षित हुन नसकेको उनले स्पष्ट पारे।

‘विद्युतीय सवारीको नियमावली छैन, हामीले केलाई आधार मानेर काम गर्ने ? व्यवसायीलाई पनि आफ्नो लगानी सुरक्षित हुने वातावरण सरकारले बनाइदिनु पर्यो नि’ थापाले गुनासो पोखे।

सरकारको नीति तथा कार्यक्रममा विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने भनिए पनि त्यो गफमा मात्र सीमित भएको उनले बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com